नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष माधवकुमार नेपालले केपी ओलीको पक्षमा लागेका नेता तथा कार्यकर्ताहरुलाई आफु नेतृत्वको मुल पार्टीमा आउन आग्रह गरेका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको जनसभालाई सम्बोधन गर्दै नेपालले केपी गुट सडकमा उडेको एउटा धुलो मात्र भएको ति कम्यूनिष्ट नभएको भन्दै आफु नेतृत्वको मुल पार्टीमा आउन आग्रह गरेका हुन ।
‘केपीको गुट एउटा सडकमा उडेको धुलो हो, त्यो गुटमा जो जान्छन् धुलै धुलोले डुब्छन्,’ अध्यक्ष नेपालले भने, ‘तिनीहरु कम्यूनिष्ट होइनन् । त्यसैले आम नेता तथा कार्यकर्ताहरु मुल पार्टीमा फर्कीनुहोस् । केपीको गुलियो कुरामा नभुल्नुस ।’ जनतासामु नक्कली कुरा गर्न सिपालु केपी ओलीको विश्वसनियता नै गुमिसकेको उनको आरोप छ ।
आफुहरु सत्ताको भोगमा नभएर पार्टीलाई विधिवत रुपमा सञ्चालन गर्नमा जोड दिँदा केपी ओलीको छाडा पनका कारण पार्टीमा अहिलेको अवस्था सिृजना भएको भन्दै नेपालले सम्पूर्ण नेता कार्यकर्तालाई पूर्व एमाले, पूर्व माओवादी भन्ने मानसिकता त्यागेर आफु नेतृत्वको नेकपामा आउन आग्रह गरे ।