दिल्ली उडे झलनाथ खनाल

ujyaalo raibar   ।   २०७७ माघ ३०, शुक्रबार १२:५४

काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका वरिष्ठ नेता झलनाथ खनाल भारतकाे राजधानी नयाँदिल्लीतर्फ लागेका छन्  ।  उपचारकाे लागि भन्दै खनाल शुक्रबार बिहान ११ बजे त्रिभुवन विमानस्थलबाट नयाँ दिल्लीका लागि उडेका हुन् ।

पूर्वप्रधानमन्त्री  समेत रहेका खनाल नेपाल एयरलाइन्सको उडानबाट दिल्ली गएको खनालका स्वकीय सचिव कृष्णप्रसाद भट्टराईले जनाकारी दिए । उनमा शरीर काँप्ने रोग रहेको र त्यसैकाे उपचारका लागि खनाल दिल्ली गएकाे बताइएकाे छ । नियमित फलोअपका गएकाे र ४ दिनपछि स्वदेश फर्कने बताइएकाे छ ।

खनाल उपचारका लागि चीन जान चाहेका थिए । तर चीनमा १४ दिन क्वारेन्टाइन बस्नुपर्ने नियम रहेका कारण उनी दिल्ली गएका हुन् । खनालकाे साथमा श्रीमती रविलक्ष्मी चित्रकार पनि दिल्ली गएकाे बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सनिवार चितवनका सबै पुस्तक पसल बन्द हुने

२०७७ माघ ३०, शुक्रबार १२:५४
भरतपुर नेपाल पुस्तक ब्याबसायी संघ चितवन शाखाका सम्पुर्ण पुस्तक पसलहरु अर्को हप्ताबाट शनिबार बन्द हुने भएका छ्न। शनिबार भरतपुरमा बसेको बैठकमा भरतपुरका पुस्तक ब्याबसायिहरुले संघका अध्यक्ष उद्योग बिक्रम बानियालाई शनिबार भरतपुर बाहेक सबै पसलहरु बन्द गराउने भन्दै ज्ञापनपत्र बुजाएका थिए। सबै सैक्षिक सस्थाहरु सनिवार नै बन्द हुने भएकोले सोहि दिन […]