आयुर्वेद स्वास्थ्य शिविर बाट ९ सय जनाले निशुल्क सेवा लिए

ujyaalo raibar   ।   २०७७ फाल्गुन २, आईतवार १३:१७

जुम्ला को तिला गाउँपालिका वडा नम्वर ३ को कुडारि स्वास्थ्य चौकिमा सम्पन्न १ दिने निशुल्क आयुर्वेद स्वास्थ्य सिविर बाट ९ सय जनाले सेवा लिएका छन् । शनिवार सम्पन्न सिविरमा जिल्लाका चार स्थानीय तहका ९ सय जनाले सेवा लिएको  स्वास्थ्य सेवा निर्दैशनालय का आयुर्वेद शाखा प्रमुख पुष्पा आचार्यले जानकारि दिएकि छन् । स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतको आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर बाट निशुल्क आयुर्वेदिक पद्धतीबाट सबैखाले रोगहरुको उपचार तथा परामर्श समेत दिईएको छ । यसका साथंै आवश्यक ठानिएका ११७ जनाको मधुमेह रोग चेकजाँज समेत निशुल्क रुपमा गरिएको छ । कर्णाली प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयको आयुर्वेद स्वास्थ्य संस्था नभएको तथा पिछडिएको क्षेत्रका नागरिकलाई लाभान्वित हुनेगरि उक्त शिविरको आयोजना गरेर जनताको हितकर काम गरेको भन्दै तिला गाउँपालिकाकी उपाध्यक्ष विष्णुमाया बुढाले आभार प्रकट गरेकि छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता मानन्धरले दिए राजीनामा

२०७७ फाल्गुन २, आईतवार १३:१७
सुर्खेत । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले पदबाट राजीनामा दिएका छन्  । आइतबार उनले राजीनामा घोषणा गरेको जानकारी गराएका हुन्  । मानन्धर मुख्य न्यायाधिवक्ताको पदमा ०७४ साल चैत्र २८ गते नियुक्त भएका थिए  । राजनीनामा घोषणापछि उनले भने, ‘आफ्नो पदीय जिम्मेवारीमा रही २ वर्ष १० महिनाको ऐतिहासिक कार्यकाल सफलतापूर्वक […]

सम्बन्धित समाचार