पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन अनेरास्ववियूको माग

उज्यालो रैबार   ।   २०७७ फाल्गुन ६, बिहीबार २०:००

सुर्खेत । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोध गर्दै अनेरास्ववियू मध्यपश्चिमाञ्चल बिश्वबिद्धालय ले बिहीबार प्रदर्शन गरेको छ ।

विद्यार्थीहरुले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि सरकारले तत्काल फिर्ता लिनुपर्ने माग राख्दै क्याम्पस अगाडी विरोध प्रदर्शन गरेका हुन् । विद्यार्थीहरुले कालोपट्टी बाँधेर नाराबाजी गरेका थिए । उनीहरुले ‘मूल्यवृद्धि फिर्ता गर’, ‘महँगी बढाउन पाइँदैन’लगायतका नारा लगाएका थिए ।

आन्दोलनरत् विद्यार्थीहरुले नेपाल आयल निगमले एक सातामै दुईपटक पेट्रोलियम पदार्थको मूल्य बढाएको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् ।

निगमले मंगलबार रातिदेखि लागु हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ मूल्य बढाएको छ । यससँगै पेट्रोलको मूल्य प्रतिलिटर ११४ रुपैयाँ पुगेको छ । यस्तै, डिजेल प्रतिलिटर ९७ रुपैयाँ, मट्टीतेल ९७ रुपैयाँ र हवाई इन्धन ६७ रुपैयाँ कायम भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रदेश २ का प्रदेश प्रमुखमा राजेश झा नियुक्त

२०७७ फाल्गुन ६, बिहीबार २०:००
रिक्त रहेको प्रदेश २ को प्रमुखमा राजेश झा नियुक्त भएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा १६३ को उपधारा (२) बमोजिम रौतहटका राजेश झालाई  प्रदेश नं. २ को प्रदेश प्रमुखमा नियुक्त गरेकी हुन्।