प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ : प्रचण्ड

ujyaalo raibar   ।   २०७७ फाल्गुन ११, मंगलवार २०:४०

नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । प्रतिनिधिसभा विघटनलाई बदर गर्दै संसद पुनर्स्थापना गर्न आदेश दिएपछि चितवनमा रहेका प्रचण्ड, अर्का अध्यक्ष माधवकुमार नेपाल लगायतका नेताहरुले खुसी मनाएका छन् । अध्यक्षद्वय प्रचण्ड र माधवले एकअर्कालाई मिठाई खुवाउनुका साथै अबिर माला गरेका छन् । त्यसक्रममा सहभागीहरुलाई सम्बोधन गर्दै प्रचण्डले नैतिकता छ भने तत्काल राजीनामा दिन प्रधानमन्त्री ओलीलाई आग्रह गरे । अझै अर्को नौटंकी गरे ओलीको दुर्गती हुने उनको चेतावनी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रहरीले पत्रकार रावलमाथि गरेको दुव्र्यहारको महासंघद्वारा भर्सना

२०७७ फाल्गुन ११, मंगलवार २०:४०
सुर्खेत । पत्रकार रमेश रावलमाथि मंगलबार राती प्रहरीले गरेको दुव्र्यहार कुटपिट घटनाप्रति भएको नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशले ध्यानआकर्षण भएको जनाएको छ । बुधबार महासंघका कर्णाली प्रदेश महासचिव दीपेन्द्र शर्माले जारी गर्दै ध्यानआकर्षण भएको जनाएको हो । ‘स्थानीय पत्रिकाको काम सकेर निवासतर्फ जादै गरेका गर्दा सुर्खेत वीरेन्द्रनगरको यरीचोकमा डिउटीमा रहेका […]