सुर्खेतमा ७ हजारलाई लगाइयो ‘कोभिसिल्ड’- ६५ वर्ष माथिका २४ हजारलाई लगाईदै

Ujyaalo Raibar   ।   २०७७ फाल्गुन २०, बिहीबार १९:३९

सुर्खेत । जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतले माघ १४ गतेदेखि हालसम्म कोरोना विरुद्धको खोप ‘कोभिशिल्ड’ ७ हजार ४७५ जनालाई लगाएको जनाएको छ ।

वरिष्ठ जनस्वास्थ्य अधिकृत चेतननीधि वाग्लेका अनुसार पहिलो चरणमा माघ १४ देखि २४ गतेसम्म २३४० र फागुन २ देखि १० गतेसम्म ५ हजार १३५ जनालाई खोपको पहिलो डोज लगाइसकिएको छ । दोश्रो डोज वैशाख सात देखि १५ गतेसम्म लगाईने उनको भनाई थियो ।

यसैबीच फागुन २३ गते देखि सुर्खेतमा ६५ वर्ष भन्दा माथिका सर्वसाधारणलाई खोप लगाइने भएको छ । ‘पहिले छुटेका र ६५ वर्ष भन्दा माथिका नागरिकलाई फागुन २३ गतेबाट खोप लगाउन सुरु गर्दैछौं ।’ उनले भने, ‘सुर्खेतमा सो उमेर समूहका २४ हजार ९७६ जना रहेका छन् ।

यो खोप लगाउन २५६ जना स्वास्थ्यकर्मी, ६०० जना भन्दा बढि स्वंयसेवक र चार वटा चिकित्सक टोली खटाउने योजना बनाएका छौं ।’ उनले खोपका लागि जिल्लामा २०५७ भायल आएको बताउँदै प्रति भायल १० जनालाई खोप लगाउन सकिने बताए ।

सुर्खेत जिल्लामा कोरोनाका कारण हालसम्म २२ जनाको मृत्यू भएको छ । तीना जना नेपालगन्ज तथा काठमाडौंका अस्पतालमा मृत्यू भएको जनस्वस्थ्य सेवा कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघको कर्णाली प्रदेश अध्यक्षतामा आयुस सेजुवाल

२०७७ फाल्गुन २०, बिहीबार १९:३९
नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघको कर्णाली प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । शुक्रबार विरेन्द्रनगरमा आयोजित भेलाले आयुस सेजुवालको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति गठन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले केम्पो खुकुरी मार्शल आर्ट्स कर्णालीको मौलिक खेलसङ्ग जोडिने खेल भएकोले यसको विकासको […]