नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघको कर्णाली प्रदेश अध्यक्षतामा आयुस सेजुवाल

उज्यालो रैबार   ।   २०७७ फाल्गुन २८, शुक्रबार २०:५१

नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघको कर्णाली प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । शुक्रबार विरेन्द्रनगरमा आयोजित भेलाले आयुस सेजुवालको अध्यक्षतामा १८ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले केम्पो खुकुरी मार्शल आर्ट्स कर्णालीको मौलिक खेलसङ्ग जोडिने खेल भएकोले यसको विकासको लागि प्रदेश सरकारले योजना बनाई आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यस्तै नेपाल केम्पो खुकुरी मार्शल आर्ट्स संघका केन्द्रिय अध्यक्ष पुर्ण पाण्डेले  विकसको लागि सात वटै प्रदेशमा कवड हल निर्माण गरि प्रत्येक जिल्लामा प्रशिक्षक नियुक्त गर्ने तयारी गरिरहेको र साथै उनले थपे यस खेललाई तिनै तहका सरकारले सहयोग गरे  अन्तर्राष्ट्रिय स्तरसम्म पु¥याई खेल जगतमा नेपालको शिर अझै उच्च रहने पनि बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रतिष्ठानमा स्नातक तह अध्ययनरत विधार्थीले दैलेखमा समुदाय प्रस्तुतीकरण गरे

२०७७ फाल्गुन २८, शुक्रबार २०:५१
सुर्खेत । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जनस्वास्थ्य महाविद्यालय जुम्ला स्नातक तह दोस्रो वर्ष समुदाय स्वास्थ्य निरुपण समुह ए का विधार्थीहरुले अन्तिम समुदाय प्रस्तुतीकरण आठबिस नगरपालिका-८ तिलेपाटामा चैत ९ गते सम्पन्न गरेका छन् । कार्यक्रम समुह नेता विद्यार्थी किरणकुमार शर्माको अध्यक्षतामा संचालन भएको थियो । भने कार्यक्रमका प्रमुख अतिथि आठबिस नगरपालिका-८ […]