कर्णालीमा एमालेको संसदीय दलको बैठक बस्दै, पाँच सांसदमाथि कारवाही हुने

ujyaalo raibar   ।   २०७८ बैशाख ३, शुक्रबार १८:५५

सुर्खेत । कर्णाली प्रदेश सरकारको पक्षमा पार्टीका पाँच सांसदले मतदान गरेपछि एमालेको संसदीय दलको आकस्मिक बैठक शुरू भएको छ । बैठकले ‘फ्लोर क्रस’ गर्ने पाँच सांसदहरूलाई कारवाहीको सिफारिस गर्नेछ ।पार्टीका ह्वीप उल्लंघन गर्दै सांसदहरूले सरकारलाई विश्वासको मत दिएपछि उनीहरूलाई सांसद पदबाट निलम्बन गर्न लागिएको हो । आज प्रदेश सभामा भएको मतदानमा प्रकाश ज्वाला, कुर्मराज शाही, नन्दसिंह बुढा र अम्बरबहादुर थापाले ‘फ्लोर क्रस’ गरेका थिए ।उनीहरूले विश्वासको मतको पक्षमा मतदान गरेपछि महेन्द्रबहादुर शाहीको सरकार जोगिएको छ ।एमालेकै सांसद देवी ओलीले भने विश्वासको मतको पक्षमा दिएको मत सभामुखले निर्धारण गरेको समयमा सच्याएकी थिइन् । विश्वासको मतको पक्षमा बहुमत पुगेको थाहा पाएपछि उनले मत सच्याएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोभिडका विरामीहरुलाई भर्ना लिन नसक्ने प्रदेश अस्पतालको सूचना प्रति काँग्रेस सुर्खेतको आपत्ति

२०७८ बैशाख ३, शुक्रबार १८:५५
अभाव देखाएर प्रदेश अस्पतालले विरामीको भर्ना नलिने भन्ने भनाइप्रति नेपाली काँग्रेस सुर्खेतले गम्भीर आपत्ति जनाएको छ । काँग्रेस सुर्खेतले शनिवार एक विज्ञप्ति प्रकाशित गरी प्रदेश अस्पतालले वैशाख ३१ गते अक्सिजनको अभावमा कोभिडका नयाँ विरामीहरुलाई भर्ना लिन नसक्ने सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विरामीको उपचार गर्ने आशा र भरोसाको केन्द्र […]