कोभिडका विरामीहरुलाई भर्ना लिन नसक्ने प्रदेश अस्पतालको सूचना प्रति काँग्रेस सुर्खेतको आपत्ति

उज्यालो रैबार   ।   २०७८ जेष्ठ २, आईतवार ०९:०९

अभाव देखाएर प्रदेश अस्पतालले विरामीको भर्ना नलिने भन्ने भनाइप्रति नेपाली काँग्रेस सुर्खेतले गम्भीर आपत्ति जनाएको छ ।
काँग्रेस सुर्खेतले शनिवार एक विज्ञप्ति प्रकाशित गरी प्रदेश अस्पतालले वैशाख ३१ गते अक्सिजनको अभावमा कोभिडका नयाँ विरामीहरुलाई भर्ना लिन नसक्ने सूचना प्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै विरामीको उपचार गर्ने आशा र भरोसाको केन्द्र अस्पताललाई स्रोत साधन सम्पन्न गराउन संघ, प्रदेश र स्थानीय सरकारलाई सुझाव दिएको छ ।

अस्पताल जस्तो अति संवेदनशील क्षेत्रले अक्सिजन वा अन्य कुनै कारण देखाएर विरामी भर्ना नलिने सूचना जारी गर्नु सरकारको गैरजिम्मेवारी र लाचारीपन भएको काँग्रेसले ठहर गरेको छ । प्रदेश अस्पताल लगायतका स्थानहरुमा बस्तुगत अध्ययन गरी त्यस्को व्यवस्थापन गर्नुपर्नेमा जिम्मेवारीबाट भाग्दा सर्वसाधारणमा त्रास हुने भएकोले अक्सिजन, बेडलगायतको आधारभूत व्यवस्था गर्न संघ, प्रदेश, स्थानीय सरकार, स्थानीय प्रशासन र अस्पताल प्रशासनलाई काँग्रेसले विज्ञप्तिमार्फत अपिल गरेको छ ।

साथै कोभिडको महामारी रोकथामका लागि सवैले आ—आफ्नो ठाउँबाट योगदान गर्न पनि आग्रह गरिएको काँग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सल्यानमा संक्रमणबाट थप तीन जनाको मृत्यु

२०७८ जेष्ठ २, आईतवार ०९:०९
सल्यान । कोरोना भाइरसको सक्रमणबाट सल्यानमा थप तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका, बागचौर नगरपालिका र त्रिवेणी गाउँपालिकाका छन्। स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार छत्रेश्वरी गाउँपालिका ६ का ६३ वर्षीय पुरुष, बागचौर नगरपालिका ९ का ५२ वर्षीय पुरुष र त्रिवेणी गाउँपालिका ६ का ५८ वर्षीय पुरुष छन्। […]