सल्यानमा संक्रमणबाट थप तीन जनाको मृत्यु

ujyaaloraibar   ।   २०७८ जेष्ठ ९, आईतवार १४:०७

सल्यान । कोरोना भाइरसको सक्रमणबाट सल्यानमा थप तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा छत्रेश्वरी गाउँपालिका, बागचौर नगरपालिका र त्रिवेणी गाउँपालिकाका छन्।

स्वास्थ्य सेवा कार्यालय सल्यानका अनुसार छत्रेश्वरी गाउँपालिका ६ का ६३ वर्षीय पुरुष, बागचौर नगरपालिका ९ का ५२ वर्षीय पुरुष र त्रिवेणी गाउँपालिका ६ का ५८ वर्षीय पुरुष छन्।

तीनैजनाको आइतबार बिहान सल्यान जिल्ला अस्पताल सल्यानमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य सेवा कार्यालय सल्यानका कोरोना फोकल पर्सन रिखाराम पुनले बताए।

आइतबार तीन जनाको मृत्यु भएसँगै कोरोनाबाट सल्यानमा मृत्यु हुनेको सख्ंया ३५ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सर्वोच्चबाट देउवालाई प्रधानमन्त्री घोषणा गर्नुपर्ने विपक्षी गठबन्धनको माग

२०७८ जेष्ठ ९, आईतवार १४:०७
काठमाडौं । विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गर्न परमादेश माग गर्दै रिटको मस्यौदा तयार पारेका छन् । कांग्रेस नेता तथा अधिवक्ता रमेश लेखकले रिटको मस्यौदाबारे जानकारी दिँदै भने, ‘सर्वोच्च अदालतले बहुमत सांसदको आधारमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गर्नुपर्छ र संसद विघटन खारेज गर्नुपर्छ भनेर जाँदैछौं […]

सम्बन्धित समाचार