सर्वोच्चबाट देउवालाई प्रधानमन्त्री घोषणा गर्नुपर्ने विपक्षी गठबन्धनको माग

रमेश लेखक भन्छन्: परमादेशमार्फत देउवालाई प्रधानमन्त्री करार गरी सपथको बाटो खोल्नुपर्छ

ujyaaloraibar   ।   २०७८ जेष्ठ ९, आईतवार १४:१८

काठमाडौं । विपक्षी गठबन्धनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री घोषणा गर्न परमादेश माग गर्दै रिटको मस्यौदा तयार पारेका छन् ।

कांग्रेस नेता तथा अधिवक्ता रमेश लेखकले रिटको मस्यौदाबारे जानकारी दिँदै भने, ‘सर्वोच्च अदालतले बहुमत सांसदको आधारमा शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने परमादेश जारी गर्नुपर्छ र संसद विघटन खारेज गर्नुपर्छ भनेर जाँदैछौं ।’

संविधानको धारा ७६ ९५० बमोजिम प्रधानमन्त्री नियुक्त नगरी राष्ट्रपतिले देउवाको दावी खारेज गरेकाले अदालतबाट देउवालाई प्रधानमन्त्री घोषणा गरी सपथग्रहणको बाटो खुल्ला गर्नुपर्ने लेखकले बताए ।

वरिष्ठ अधिवक्ता मुक्ति प्रधानले रिटको मस्यौदा तयार भइसकेको तर दलहरुको तयारी बाँकी रहेकाले दलहरूबीच छलफलपछि मुद्दा दायर गरिने जनकारी दिए ।

अहिलेसम्म कांग्रेसका ६१ र माओवादीका ४९ सांसदको हस्ताक्षर भइसकेको छ । सबै सांसदको नागरिकता,सांसद परिचयपत्र र हस्ताक्षरको नमूना संकलनको काम सकिएको छ ।

दलहरुको आन्तरिक तयारीपछि नयाँ बानेश्वरको संसद भवनमा सबै सांसदहरुलाई बोलाएर रिटमा हस्ताक्षर गराइने लेखकले बताए । एमालेको माधव नेपाल पक्षका केही सांसद बानेश्वरमा पुगिसकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णाली प्रदेश सरकारले रेमडेसिभिर औषधी खरीद प्रक्रिया थाल्यो

२०७८ जेष्ठ ९, आईतवार १४:१८
सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमित बिरामीका लागि प्रयोग हुने रेमडेसिभिर औषधी खरीद प्रक्रिया अगाडि बढाएको छ । कोरोना संक्रमितका बिरामीलाई उपचारमा प्रयोग हुने औषधी खरिदका लागि कर्णाली प्रदेश मन्त्रिपरिषदले सामाजिक विकास मन्त्रालय आवश्वक प्रक्रिया थाल्न निर्देशन दिएको हो । कोरोनाका बिरामीको उपचार तथा रोकथामका लागि अक्सिजन, औषधि खरीद […]