कर्णाली प्रदेश सरकारले रेमडेसिभिर औषधी खरीद प्रक्रिया थाल्यो

ujyaaloraibar   ।   २०७८ जेष्ठ ९, आईतवार १४:४४

सुर्खेत । कर्णाली प्रदेश सरकारले कोरोना संक्रमित बिरामीका लागि प्रयोग हुने रेमडेसिभिर औषधी खरीद प्रक्रिया अगाडि बढाएको छ ।

कोरोना संक्रमितका बिरामीलाई उपचारमा प्रयोग हुने औषधी खरिदका लागि कर्णाली प्रदेश मन्त्रिपरिषदले सामाजिक विकास मन्त्रालय आवश्वक प्रक्रिया थाल्न निर्देशन दिएको हो ।

कोरोनाका बिरामीको उपचार तथा रोकथामका लागि अक्सिजन, औषधि खरीद र हवाई उद्धारका लागि १३ करोड ८० लाख बजेट निकासा गर्ने मन्त्रीपरिषद्ले निर्णय गरेसँगै प्रक्रिया अगाडि बढाएको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बताएका छन् ।

‘आवश्यक बजेटको व्यवस्था गरेर तत्काल औषधी, अक्सिजन र दुर्गमका कोरोना संक्रमणका बिरामीलाई उपचारका लागि प्रक्रिया अगाडी बढेको छ ,’ उनले भने,‘त्यसको तत्काल व्यवस्थापनका लागि सामाजिक विकास मन्त्रालयलाई निर्देशन दिइएको छ ।’

मन्त्री परिषद्को निर्णय अनुसार सामाजिक विकास मन्त्रालयमार्फत प्रदेश स्वास्थ्य निर्देशनालयले काम अगाडी बढाएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। रविन खड्काले जानकारी दिए ।
‘ टेन्डर प्रक्रिया सुरु भएको छ । औषधि विभागले तोकेको रेटमा कुनै सप्लायर्सले दिन नसक्ने भएकाले टेन्डरबाट अघि बढ्न लागिएको हो ,’ उनले भने,‘चाडै आपूर्ति गर्ने तरिकाले काम भइरहेको छ ।’

कर्णाली प्रदेश सरकारले अक्सिजन सिलिन्डर खरीद तथा व्यवस्थापनका लागि ६ करोड ३५ लाख, अक्सिजन कन्सन्ट्रेटरका लागि ५ करोड ४५ लाख, रेमडेसिभिर औषधी खरिदका लागि १ करोड र कोरोना संक्रमितको हवाई उद्धारका लागि १ करोड रुपैयाँ दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अन्तराष्ट्रीय मानवता समूहले ग¥र्यो राउटेलाई खाद्यन्न सहयोग

२०७८ जेष्ठ ९, आईतवार १४:४४
सुर्खेत । कोरोना माहामारीको कारण देश नै आक्रान्त बनेको बेला फिरन्ते जाती राउटेलाई थप सकस भएको छ । कोरोना संक्रमण बढ्दै गएपनि राउटेहरुले सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालनामा हेलचक्राई गर्दा उनीहरु प्हिले जस्तो सजिलै गाउँ छिर्न पाउँदैनन् । जसकारण एकातिर कोरोना माहामारीले सताउँदै गएको छ । भने अर्कोतिर राउटेहरुले […]