अन्तराष्ट्रीय मानवता समूहले ग¥र्यो राउटेलाई खाद्यन्न सहयोग

ujyaaloraibar   ।   २०७८ जेष्ठ १६, आईतवार २१:५१

सुर्खेत । कोरोना माहामारीको कारण देश नै आक्रान्त बनेको बेला फिरन्ते जाती राउटेलाई थप सकस भएको छ । कोरोना संक्रमण बढ्दै गएपनि राउटेहरुले सामाजिक दुरी र स्वास्थ्य मापदण्ड पालनामा हेलचक्राई गर्दा उनीहरु प्हिले जस्तो सजिलै गाउँ छिर्न पाउँदैनन् ।

जसकारण एकातिर कोरोना माहामारीले सताउँदै गएको छ । भने अर्कोतिर राउटेहरुले सजिलै खाद्यन्न जुगाड गर्न सकेका छ्रैनन् । यसैबिच राउटेबस्तीमा खाद्यन्न अभाव भएको खबर सुनेपछि कसैलाई भोकले मर्न नदिने उद्देश्यले अन्तराष्ट्रीय मानवता समूहले राउटे बस्तीमा पुगेर खाद्यन्न वितरण गरेको छ ।

आईतबार अन्तराष्ट्रीय मानवता समूह कर्णाली प्रदेशको टोली राउटे बस्तीमा पुगेर खाद्यन्न सहयोग गरेको हो । टोलीले ५० घरपरिवार राउटेलाई एक एक बोरा चामल र दाल, तेल, नुन र साबुन सहयोग गरेको हो । सुर्खेतको गुर्भाकोट नगरपालिकाको बोटेचौर स्थित नदी छेउमा बसेको राउेट बस्तीमै पुगेर खाद्यन्न सहयोग गरिएको हो ।

राउटे मुखिया सुर्यमान शाहीका अनुसार खाद्यन्न सहयोग पाएपछि राउटे बस्ती नै खुसी भएको छ । सहयोगदाताप्रति राउटेहरुले धन्यबाद समेत ब्यक्त गरेका छन् । अन्तराष्ट्रीय मानवता समूहका कर्णाली प्रदेश प्रमुख सल्लाकार तृसना हमाल र प्रदेश प्रमुख रेशम नेपाली सहितको टोली राउटे बस्तीमै पुगेको थियो । राष्टिय कलाकार समेत रहेका प्रदेश प्रमुख नेपालीले यो अभियान कर्णालीमा निरन्तर चल्ने बताए ।

अन्तराष्ट्रीय मानवता समूहका केन्द्रीय अध्यक्ष तथा ओएसनेपालका डाईरेक्टर एचबी ताम्राकारको नेतृत्वमा नेपालभरी आक्रामक रुपले कोरोना महामारीसँगै लकडाउनको मारमा परेका गरिब, अशक्त, दृष्टिविहिन, घरवारविहिन लगायत राउटे समुदायलाई राहात वितरण गरिएको छ । ताम्राकारका अनुसार माहामारीले भन्दा पनि भोकले कोही नेपाली नमरोस भन्ने उदेश्यका साथ यो अभियान देशभरी संचालन गरिएको हो ।

यो अभियान निरन्तर देशैभरी चलिरहेको छ । ग्लोबल भूट्निज हिन्दू अर्गनाइजेशनले १५ सय अमेरीकी डलर र द ग्लोबल माउन्टेन फन्डले एक हजार डलर सहयोग गरेका छन् । भने अन्य मनकारी युवाहरुले फरक समयमा सकेको सहयोग गर्ने कार्य जारी राखेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

राउटे युवतीमाथी दुव्र्यवहार

२०७८ जेष्ठ १६, आईतवार २१:५१
पछिल्लो  समय सामाजिक सञ्जाल युटुव, टिकटक र फेसबुकमा भाइरलनै भएका राउटे समुदायका युवतीहरु माथी दुव्र्यवहार हुन थालेको छ । भिडियो, फोटो खिच्न भन्दै राउटे समुदायमा पुग्ने स्थानीय युवाहरुबाट राउटे युवती दुव्र्यवहारको सिकार भएका हुन । राउटे समुदायमा पुगेका युवाहरुले टिकट, भिडियो बनाउने भन्दै प्रलोभनमा पारेर राउटे युवतीहरु टाढा टाढा जंगल–होटलमा […]