जुम्लावासी मार्सी रोपाइँमा व्यस्त

चन्द्रप्रकास उपाध्याय   ।   २०७८ जेष्ठ २३, आईतवार ११:२३

जुम्ला । कोरोना माहामारीको दोस्रो लहर चलिरहेको बेला देशभर निषेधाज्ञा लागु गरिएको छ । निषेधाज्ञाले अन्य जिल्ला प्रभावित बनेपनि जुम्लामा खेतीको सिजन सुरुहुदाँ त्यहाँका नागरिक धान रोपाइँमै व्यस्त छन् ।

जुम्लाका सात गाउँपालिका र एक नगरपालिका गरी आठ स्थानीय तहमा जेठ पहिलो हप्ताबाट त्यहँका खेतबारीमा रोपाइँका लागि महिलाहरुको बाक्लो जमघट देखिन्छ । जुम्लामा रोपाइँको सिजन चलिरहेकोले हाल रोपाइ नगर्दा जुम्लीबासीले मार्सी भात खानबाट बञ्ति हुने हुदाँ जसरी पनि रोप्नै पर्ने बाध्याता रहेको कनकासुन्दरी गाउँपालिका अध्यक्ष नरविर रावतले बताए । उनले भने, ‘रोपाइँमा रोक लगाउँदा भोली नागरिकले के खाने ? कि सरकारले राहत दिनुपर्र्यो । होइन भने जोखिम मोलेर रोप्नै पर्र्यो ।’

यता जिल्ला प्शासन कार्यालयले मार्सी धान जुम्लामा धेरै मात्रामा फल्ने हुनाले हाल यो धान नरोपे यसको महत्व हउनसक्ने भन्दै धान रोपाइँमा बन्देज नलगाएको जनाएको छ । गत बैशाख ९ गतेदेखि जुम्लामा निषेधाज्ञा जारी छ । पछिल्लो समय जुम्लामा कोरोना संक्रमित बढ्दै जादाँ गाँउ गाँउमा संक्रमित देखिन थालेपनि नागरिकहरु धान रोपाइँमा व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

। सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिने चार एमाले सांसदलाई पुनर्बहाली गर्न अन्तरिम आदेश दिएको छ । पार्टीको ह्वीप उल्लंघन गरेको भन्दै चार संसदलाई बर्खास्त गर्न एमालेले प्रदेश सभालाई पत्र लेखेपछि उनीहरु पदमुक्त भएका थिए । एमालेको माधव नेपाल पक्षधर सांसदहरु प्रकाश ज्वाला, अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाही सांसदमा पुनर्वहाली भएका हुन् । उनीहरुले आफूहरुमाथिको कारवाही बदर गर्न माग गर्दै सर्वोच्चमा रिट हालेका थिए । सर्वोच्चले रिट निवेदनको अन्तिम टुंगो नलागेसम्म निवेदकहरुलाई कर्णाली प्रदेश सभाको सदस्य तथा नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलको सदस्य पदको हैसियतमा काम गर्न दिन आदेश दिएको हो । माधव नेपाल पक्षधरका ४ सांसदले ह्वीप उल्लंघन गरी कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका थिए । उनीहरुमध्ये तीन जनालाई मुख्यमन्त्री शाहीले मन्त्री नियुक्त गरेका छन् ।

२०७८ जेष्ठ २३, आईतवार ११:२३
। सर्वोच्च अदालतले कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकारलाई विश्वासको मत दिने चार एमाले