वीरेन्द्रनगर नगरपालिकाले ल्यायो १ अर्ब ५६ करोडको बजेट

उज्यालो रैबार   ।   २०७८ असार १०, बिहीबार १९:०४

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि १ अर्ब ५६ करोड ५२ लाख रुपैयाँको बजेट ल्याएको छ ।

बिहीबार भएको नवौं नगरसभामा उपप्रमुख मोहनमाया ढकालले चालुतर्फ १ अर्ब १३ करोड १९ लाख र पूँजीगतर्फ ४३ करोड ३३ लाख रुपैयाँ विनियोजन गरेको बजेट प्रस्तुत गरिन् । नगरपालिको चालु आर्थिक वर्षको बजेट १ अर्ब ४२ करोड ९९ लाख ९१ हजार रुपैयाँ रहेको छ ।
नगरपालिकाले संघीय सरकारको वित्तीय हस्तान्तरणबाट २५ करोड २० लाख, प्रदेश सरकारको वित्तीय हस्तान्तरणबाट २ करोड ९३ लाख, संघीय राजश्व बाँडफाँडबाट १५ करोड १३ लाख र प्रदेश सरकारको राजश्व बाँडफाँडबाट २४ लाख रुपैयाँ प्राप्त हुने बताएको छ ।

आगामी वर्षका लागि पूँजीगत बजेटमध्ये पूर्वाधार विकासका लागि नगरले १८ करोड २२ लाख ७२ हजार, सामाजिक विकासतर्फ १३ करोड २४ लाख, आर्थिक विकास क्षेत्रमा ४ करोड ८९ लाख, सेवा प्रवाह र सुशासन ६ करोड १८ लाख १६ हजार, वातावरण तथा विपद् व्यवस्थापन तर्फ २ करोड ५ लाख १३ हजार खर्च हुने अनुमान गरेको छ ।

त्यस्तै नगरपालिकाले कोरोना संक्रमण रोकथाम नियन्त्रण र उपचार कोष तथा नगर अस्पताल सञ्चालनका लागि २ करोड, शिक्षा प्रवद्र्धनतर्फ २ करोड ५० लाख, नगर महत्वको योजना मुख्य बजार पुर्वाधार विकासमा २ करोड ६६ लाख, नगरपालिकाको प्रशासकिय भवन निर्माणमा १ करोड ५० लाख, महिला स्वरोजगार कार्यक्रमका लागि १ करोड रुपैयाँ विनियोजन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रधानमन्त्रीको अफर आइसक्यो तर गठबन्धनलाई धोका दिन्न : नेपाल

२०७८ असार १०, बिहीबार १९:०४
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको अफर गरे पनि आफूले विपक्षी गठबन्धनलाई धोका नदिने बताएका छन्। शनिबार संघीय संसद भवन नयाँ बानेश्वरमा विपक्षी गठबन्धनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले ओलीले कोर्ष नै करेक्सन नगरी मिल्ने संभावना नरहेको बताए। ‘माधव […]