यातायात व्यवसायी संगठनको चेतावनी : असार १८ बाट सबै यातायात चलाउँछौ

ujyaaloraibar   ।   २०७८ असार १४, सोमबार १८:४१

यातायात व्यवसायी र मजदुर संघ–संगठनका प्रतिनिधिहरुले असार १५ गतेबाट सार्वजनिक सवारी साधन सञ्चालन गर्ने सरकारको निर्णय एकांकी भएको भन्दै सच्याउन आग्रह गरेका छन् ।

उनीहरुले देशैभर सबै किसिमका सवारी साधन चलाउने व्यवस्था गर्न मागको सुनुवाई नगरे आफुहरुले आगामी असार १८ गतेबाट देशभरका सम्पूर्ण सार्वजनिक सवारी साधनहरु चलाउने घोषणा समेत गरेका छन् ।

नेपाल यातायात व्यावसायी राष्ट्रिय महासंघ, नेपाल यातायात मजदुर संघ, अखिल नेपाल यातायात मजदूर संघ र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले संयुक्त विज्ञप्ति निकालेर यस्तो चेतावनी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

फ्रान्सलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै स्वीट्जरल्यान्ड युरो २०२० को क्‍वार्टरफाइनलमा

२०७८ असार १४, सोमबार १८:४१
काठमाडौं । फ्रान्सलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै स्वीट्जरल्यान्ड युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ । खेलको पूर्ण समयमा दुबै टिमले ३-३ गोल गरेका थिए । थप समयमा पनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।जसमा फ्रान्सका आशलाग्दा खेलाडी केलियन एम्बापेले पेनाल्टी मिस गर्दा फ्रान्स प्रतियोगिताबाट बाहिरिएको छ । […]

सम्बन्धित समाचार