फ्रान्सलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै स्वीट्जरल्यान्ड युरो २०२० को क्‍वार्टरफाइनलमा

उज्यालो रैबार   ।   २०७८ असार १५, मंगलवार ०६:४२

काठमाडौं । फ्रान्सलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै स्वीट्जरल्यान्ड युरो २०२० को क्‍वार्टरफाइनलमा पुगेको छ ।

खेलको पूर्ण समयमा दुबै टिमले ३-३ गोल गरेका थिए । थप समयमा पनि गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।जसमा फ्रान्सका आशलाग्दा खेलाडी केलियन एम्बापेले पेनाल्टी मिस गर्दा फ्रान्स प्रतियोगिताबाट बाहिरिएको छ ।

फ्रान्सका लागि करिम बेन्जिमाले दुई तथा पौल पोग्बाले एक गोल गरेका थिए भने स्वीटजरल्यान्डका लागि ह्यारीस सेफेरोभिचले दुई तथा मारियो गाभ्रानोभिचले एक गोल गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कनकासुन्दरीले ल्यायो ४३ करोड बजेट,कृषिमा मुख्य प्रथामिकता

२०७८ असार १५, मंगलवार ०६:४२
जुम्लाः कनकासुन्दरी गाउँ पालिकाको सातौं गाउँ सभामा कृषि,स्वास्थ्य,शिक्षा,पर्यटन र पुर्वधारलाई प्राथमिकता दिदै आर्थिक वर्ष २०७८÷०७९ को नीति कार्यक्रम तथा बजेट ल्याएको छ । ५० भन्दा माथि व्यवसायीक रुपमा भेडाबाख्रा पालन गरि फर्म दर्ता भई प्यान नम्बर लिएका कृषक उद्यमीहरुलाई मनोबल उच्च राख्न प्रोत्साहन स्वरुप अनुदान दिने गाउँ सभाका सभा अध्यक्ष […]

सम्बन्धित समाचार