कनकासुन्दरीले ल्यायो ४३ करोड बजेट,कृषिमा मुख्य प्रथामिकता

उज्याले रैबार   ।   २०७८ असार १५, मंगलवार ०७:५१

जुम्लाः कनकासुन्दरी गाउँ पालिकाको सातौं गाउँ सभामा कृषि,स्वास्थ्य,शिक्षा,पर्यटन र पुर्वधारलाई प्राथमिकता दिदै आर्थिक वर्ष २०७८÷०७९ को नीति कार्यक्रम तथा बजेट ल्याएको छ । ५० भन्दा माथि व्यवसायीक रुपमा भेडाबाख्रा पालन गरि फर्म दर्ता भई प्यान नम्बर लिएका कृषक उद्यमीहरुलाई मनोबल उच्च राख्न प्रोत्साहन स्वरुप अनुदान दिने गाउँ सभाका सभा अध्यक्ष नरविर रावतले बताए ।

कनका सुन्दरी गाउँ पालिकामा पालिएका स्थानीय जातका गाई,भैंसी,भेडा बार्खालाई उन्नत नश्ल सुधार गर्नेको लागि कृतिम गर्भाधान कार्यक्रम अगामि आर्थिक वर्षको नितिमा उल्लेख छ ।
माध्यमिक विध्यालयमा विज्ञान शिक्षणलाई प्रभावकारी बनाउनको लागि एक विद्ययालय एक विज्ञान प्रयोगशाला स्थापना गर्ने अनुदानको व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा संचालन हुने एम.बि.बि.एस कार्यक्रम स्थानीय नागरिकलाई सहज रूपमा अध्ययनको लागि कोटा माग गर्न पहल गर्ने सभाका अध्यक्ष रावतले बताए ।

सबै वडा केन्द्र जोड्ने गरि १२ महिना मोटर चल्ने सक्ने सडक सञ्चालन गरिने र छुवाछुत मुक्त गाउँ पालिका बनाईने नीति लिइएको छ । किशोरीहरुका लागि रक्तअल्पत्ता कम गर्न र कुपोषणबाट बच्न प्रत्येक वडा तथा स्वास्थ्य चौकीहरुमा पोषण कार्यक्रम सञ्चालन गरिने छ वातावरण तथा विपद व्यवस्थापन केन्द्र स्थापना गाउँ पालिकामा राखिने आवको नीति तथा कार्यक्रममा राखिएको छ ।

आगामी वर्ष भित्र तीन वटा पर्यटकिय गन्तव्य स्थलको विकास भयको हुनेछ र आगामी वर्ष भित्र ऐतिहासिक धार्मिक महत्त्वको कनका सुन्दरि मन्दिरलाई उत्कृष्ट पर्यटकीय क्षेत्रको रुपमा विकास गरिने नीति तथा कार्यक्रममा राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दहि चिउरा र धान दिवस

२०७८ असार १५, मंगलवार ०७:५१
नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रुपमा लिइने गरिन्छ । यो दिन परापुर्वकालदेखि नै दहि चिउरा खाने र ‘मानो रोपेर मुरी फलाउने दिन’ को सुरुवाती दिनको रुपमा लिईन्छ । यस दिनलाई विगत १७ वर्षदेखि धान दिवसको रुपमा पनि मनाउने गरिएको छ । त्यसै अनुसार प्रत्येक वर्ष विभिन्न नाराका साथ विविध […]

सम्बन्धित समाचार