दहि चिउरा र धान दिवस

प्रल्हाद दाहाल महासचिव ( नेपाल डेरी एसोसिएसन )   ।   २०७८ असार १५, मंगलवार १४:३६

नेपालमा असार १५ लाई महत्वपूर्ण दिनको रुपमा लिइने गरिन्छ । यो दिन परापुर्वकालदेखि नै दहि चिउरा खाने र ‘मानो रोपेर मुरी फलाउने दिन’ को सुरुवाती दिनको रुपमा लिईन्छ । यस दिनलाई विगत १७ वर्षदेखि धान दिवसको रुपमा पनि मनाउने गरिएको छ । त्यसै अनुसार प्रत्येक वर्ष विभिन्न नाराका साथ विविध कार्यक्रम गरि राष्ट्रिय धान दिवस मनाइने गरिएको छ ।

यसवर्ष २०७८ सालमा ‘धान उत्पादनमा वृद्धि, खाद्य शुरक्षा, आत्मनिर्भर र समृद्धि’ , २०७७ सालमा धान उत्पादन वृद्धि, आत्मनिर्भरता र समृद्धि , २०७६ सालमा ूधान खेतीमा प्रविधी र यान्त्रिकीकरण, चामल आयातमा न्यूनीकरणू २०७५ सालमा धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि ू भन्ने नाराका साथ असार १५ मा प्रत्येक वर्ष धान दिवस मनाइने गरिन्छ । यस वर्ष पनि १८ औं राष्ट्रिय धान दिवस मनाउन लागिएको छ। प्रत्येक जिल्लाहरुले पनि धान दिवश तथा रोपाइँ महोत्सव मनाउँदैछन् । सन् २००४ मा ूधान नै जीवन होू भन्ने नारा सहित संयुक्त राष्ट्रिय संघले अन्तर्राष्ट्रिय धान दिवस मनाउने प्रस्ताव पारित गरेपछि विश्वभर धान दिवस मनाउने प्रचलन चलेको हो । यसैलाई आधार मानेर नेपालमा पनि सरकारले २०६१ साल मंसिर २९ निर्णय गरि असार १५ गतेलाई राष्ट्रिय धान दिवस मनाउन थालिएको हो ।

नेपाली संस्कृति अनुसार असार १५ मा दहि चिउरा खाने प्रचलन छ । यो दिन अधिकांश नेपालीले सकेसम्म जसरी पनि दहि चिउरा खाने गर्दछन् । दहिको महत्व असाध्यै धेरै छ । दहीले खाएको पच्नेदेखि लिएर अरु धेरै नै फाइदा गर्छ भन्ने कुराको प्रमाणित भैसकेको छ । यो दिन अरु दिनको तुलनामा दहिको खपत धेरै हुन्छ र यसका लागि डेरी व्यवसायीहरुले एक हप्तादेखि जोहो गरेर राख्ने गर्दछन् ।

अघिपछि कहिल्यै दहि नखानेले पनि यस दिन अनिवार्य आफ्नो परम्परा धान्न भए पनि दहि खाने गर्दछन् । यो दिन दहि नपाइएला भनेर मानिसहरु अघिल्लै दिनदेखि नै दहि खरिद गरि राख्ने गर्दछन्। यस दिन बढी खपत भएपछि बजारमा बेलुकापख दहि अभाव हुन्छ ।

यस दिन मानिसहरु दहि चिउरामा केरा र आँप पनि मिसाएर खाने गर्दछन् । गाउँघरमा जताततै सबैले घर घरमा दहि चिउरा अनिवार्य खाने गर्दछन् । जसको घरमा दहि जमाएर राखेको हुँदैन उनीहरुले पनि शहरमा झैँ किनेर भए पनि त्यस दिन खाने गर्दछन्। यस दिन शहरी क्षेत्रमा पनि अघिल्लो दिन नै दुध किनेर दहि आफैं जमाएर भोलिपल्ट दहि चिउरा खाने चलन छ । आजभोलि यस दिनमा राष्ट्रिय स्तरका कार्यक्रमहरु गरेर यसको महत्व बढाउने गरिन्छ। पोखरामा प्रत्येक वर्ष पर्यटकका लागि रोपाइं महोत्सव भनेर विगत १५ वर्षदेखि मनाउँदै आइएको थियो । यसले गर्दा आन्तरिक र बाह्य पर्यटकहरुको संख्या पनि बढ्ने गर्दथ्यो । तर गत वर्ष र यस वर्ष कोभिड–१९ ९कोरोना भाइरस० का कारण यस्ता खालका कुनै पनि औपचारिक कार्यक्रमहरु हुन हुँदैनन।

आजभोलि विद्यालयका विद्याथीहरुलाई पनि दहि चिउरा खुवाउन रोपाइँमा सहभागी गराउने गरिन्छ । यो राम्रो पक्ष हो । यसले गर्दा हाम्रा बालबालिकाले हाम्रो रितिरिवाजको बारेमा जान्ने र यसको संरक्षणमा टेवा पुग्ने हुन्छ । पहिले पहिले बाजा बजाएर नाँचगान गर्दै, असारे भाका हाल्दै, हिलो खेल्दै रोपाइँ गर्ने चलन थियो । बाजा बजाएर हिलोमा खेल्दै रोपाइँ गरिने चलनलाई बेठी लगाउने भन्दछन् । त्यस्तो चलन धेरै खेती हुने जमिन्दारहरुकोमा हुने गर्दथ्यो । तर, आजभोलि यो चलन अलि हट्दै गएको छ । यसले निरन्तरता नपाउने हो भने भोलिका दिनमा यो दन्त्य कथा जस्तो हुन जान्छ ।

वास्तवमा हाम्रो देश यस्तै खालका फरक रितिरिवाज र संस्कृतीले गर्दा आफ्नो फरक पहिचान बनाउन सफल छ । यस्ता कुरालाई देखावटी मात्र नभई उपलब्धिमूलक बनाउन सक्नुपर्छ । त्यसैले हाम्रो जस्तो देशमा यस्ता कुराको जगेर्ना गर्दै अगाडि बढ्नुपर्छ । जसले गर्दा अरु ठूला–ठूला विकासका काम र उपलब्धि गर्न नसके पनि यस्ता खालका फरक संस्कृती बचाउन सक्दा पर्यटकको लागि आकर्षण बन्न सक्छ। अझ झन हाम्रो जस्तो कृषि प्रधान देशमा यसको महत्व धेरै छ ।

हाम्रो देशमा धानको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७६र०७७ मा धान उत्पादन ५५ लाख ५० हजार मेट्रिक टन, आव २०७५र०७६ मा धान उत्पादन ५६ लाख १० हजार मेट्रिक टन, आव २०७४र०७५ मा धान उत्पादन ५१ लाख ५१ हजार मेट्रिक टन , आव २०७३र०७४ मा धान उत्पादन ५२ लाख ३० हजार मेट्रिक टन भएको थियो ।

नेपालको कुल जनसंख्यालाई पुग्न वार्षिक ३९ लाख ९९ हजार ६२२ मेट्रिक टन चामल आवश्यक पर्छ । सरकारले ५ वर्ष भित्र कृषि उत्पादनलाई दोब्बर बनाउने लक्ष्य लिएको छ । धान उत्पादन वृृहत कार्यक्रम १५ जिल्लामा छ भने यसलाई अझ महत्व दिई झापा जिल्लालाई धानको सुपर जोनको घोषणा गरिएको छ ।

धानको उत्पादन प्रति हेक्टर ३।१ मेट्रिक टनबाट वृद्धि गरि ४ मेट्रिक टन पुर्याउने लक्ष्य छ। कुल ग्राहस्थ उत्पादनमा २० प्रतिशत योगदान धानको छ । हाम्रो देशमा चैते धानको उत्पादन ७ प्रतिशत मात्र छ । नेपालमा समुद्र सतहबाट ६० मिटरदेखि ३०५० मिटर सम्मको उचाईमा धान खेती हुन्छ । कुल ११८ जातका धान नेपालमा पाइन्छ ।

हामीले कतिपल्ट धान दिवस मनाइयो भन्ने कुरा ठूलो वा महत्वपूर्ण नहुन सक्छ । तर उपलब्धि के पाइयो भन्ने कुराले ठूलो महत्व राख्दछ । अहिले हामी यत्रो सम्भावना बोकेको क्षेत्रमा पनि आयात गर्दैछौं । हाम्रा प्रायजसो सबै खेतबारी बाँझो छ, सिँचाइको राम्रो प्रबन्ध छैन, आधुनिकरण छैन, गाउँघरमा काम गर्ने मान्छे पाँइदैन । भनेको बेला बीउ मलको अभाव हुन्छ भने काम गर्ने किसानले कसरी काम गर्ने रु यसकारण यी सबै समस्याको हल गर्ने हो भने मात्र हाम्रो देशमा धानको आयात घट्न सक्छ। अब यस्ता दिवस मनाउनका लागि मात्र नभएर परिणाममुखी हुनुपर्यो । नयाँ योजनासहित दिवस मनाउँदा उपलव्धीमूलक पनि हुन जान्छ। अहिले गाउँघरमा काम गर्न कोहि छैनन् । किनकी यहाँ दैनिक सयौं युवा विदेशिने गरेका छन् । अनि हामी भने देखावटी यस्ता कार्यक्रम गरिरहँदा यसको कुनै अर्थ रहन्न ।

अब विदेशिएका युवालाई स्वदेशमा कसरी आकर्षण गर्ने र विदेश जान कसरी रोक्ने रु भन्ने कुरा तिर हामी लाग्न आवश्यक छ । अर्को कुरा करिब ८० प्रतिशत दुधको माग स्वदेशी उत्पादनले धानिसकेको अवस्था छ। अब हामी कसरी आधुनिकतामा जाने र अन्तर्राष्ट्रिय बजारसँग कसरी प्रतिस्पर्धा गर्ने भन्ने तिर लाग्न आवश्यक छ । त्यसैले हामी सबैजना नेपाल कृषि प्रधान देश हो भनी मख्ख परेर मात्र हुँदैन । जुन हाम्रो देशलाई ‘कृषि प्रधान’ भन्ने नाम छ, अब त्यो नाम बचाउन हामी सबैजना लागौं । सबैलाई यस वर्षको असार १५ ले यहि प्रेरणा प्रदान गरोस् । शुभकामना ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

संवैधानिक इजलास शुरु, सरकार पक्षबाट महान्यायाधिवक्ता पाण्डेयलाई २ घण्टा समय

२०७८ असार १५, मंगलवार १४:३६
काठमाडौं । प्रतिनिधिसभा विघटन बिरुद्ध परेको रिटमा संवैधानिक इजलासमा आज पनि सुनुवाई जारी छ । मंगलबार सरकार पक्षबाट नायव महान्यायाधिवक्ता पदम प्रसाद पाण्डेयले बहस शुरु गरेका छन् । उनलाई २ घण्टा समय छुट्याइएको छ । सरकारको तर्फबाट महान्यायाधिवक्ता रमेश बडालले सोमबार ३ घण्टा २० मिनेट बहस गरेका थिए । कांग्रेस […]

सम्बन्धित समाचार