काँग्रेस दैलेखका पूर्व पार्टी सभापति थापाकाे निधन

उज्याले रैबार   ।   २०७८ असार २१, सोमबार १०:५२

सुर्खेत । नेपाली काँग्रेस दैलेखका पूर्व पार्टी सभापति जगतजंग थापाको निधन भएको छ । कोरोना संक्रमणका कारण सोमबार थापाको निधन भएको पुष्टी दैलेखका काँग्रेस पार्टी सचिव भुपेन्द्र शाहीले गरेका छन् ।


शाहीका अनुसार थापाको सोमबार बिहान ३ बजे दैलेख अस्पतालमा निधन भएको हो । थापा दैलेखको राजनीतिमा भद्र, सालिन छवि बनाएका राजनीतिज्ञमा स्थापित नेता हुन् ।
उनी पञ्चायत कालमा नेपाल युवक संगठनको भेरी अञ्चल हुँदै ०४७ सालमा बहुदल पश्चात नेपाली काँग्रेसमा प्रवेश गरेका थिए । २०५३ सालमा नेपाली काँग्रेस दैलेखको ९ औं अधिवेशनबाट पार्टी सभापति भएका थिए । आन्तरिक द्धन्द्धका कारण ०५६ मा नै उनी अपदस्थ हुनुपरेको थियो । हाल नेपाल बाल संगठनको जिल्ला सभापति एवं केन्द्रीय सदस्य, पार्टीको महासमिति सदस्य, शुभेच्छुक संस्था समन्वय विभागका सदस्य समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगरमा निर्माणाधीन रंगशालालाई प्रदेश गौरवको आयोजना घोषणा

२०७८ असार २१, सोमबार १०:५२
वीरेन्द्रनगरमा निर्माणाधीन रंगशालाई प्रदेश गौरवको आयोजनाको रूपमा घोषणा गरिएको छ । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरमा चालु आर्थिक वर्षदेखि प्रदेशस्तरीय रंगशाला निर्माण थालेको थियो । यही असार १६ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त रंगशाला निर्माणलाई महŒव दिँदै प्रदेश गौरवको आयोजनाको रूपमा लिने निर्णय गरेको हो । कर्णालीको खेल क्षेत्रको […]

सम्बन्धित समाचार