माधव नेपाललाई भेटेर भीम रावल फर्किएपछि एमाले कार्यदलको वार्ता शुरू

ujyaaloraibar   ।   २०७८ असार २४, बिहीबार १३:०३

काठमाडौं । नेकपा एमालेको कार्यदलबीच अर्थमन्त्रालयमा वार्ता शुरू भएको छ । बैठक शुरू हुनुअघि भीम रावल नेता माधव नेपाल भेट्न उनकै निवास कोटेश्वर पुगेका थिए । वार्तामा आफ्नो पक्षबाट प्रस्तुत हुनेबारे रणनीतिको लागि छलफल गर्न रावलले नेपाललाई भेटेको बताइएको छ ।


रावल सिंहदरवार फर्केलगत्तै अहिले वार्ता जारी छ । हिजो दिउँसो नेताहरूले विवाद समाधानउन्मुख भएको बताउँदै आजसम्ममा सहमति हुने बताएका थिए । राति अबेरसम्म ओली र नेपाल दोस्रो तहका नेताहरूसहित छलफलमा बसेका थिए । तर, त्यो छलफलमा ठोस सहमति हुन भने सकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जुम्लामा वडाध्यक्षले नै गरे जातीय विभेद, दलित युवामाथि कार्यकक्षमै कुटपिट

२०७८ असार २४, बिहीबार १३:०३
जुम्ला । जुम्लामा दलित युवामाथि जातीय विभेदको घटना सार्वजनिक भएको छ । जुम्लाको सिँजा गाउँपालिका ६ का वडाध्यक्ष कालीबहादुर बुढाले स्थानीय दलित युवा बिरेन्द्र नेपालीमाथि जातीय विभेद र गालीगलौज गरेका पीडितले बताएका छन् । वडा अध्यक्ष बुढाले गएको वर्ष असोजमा जुम्ला बजारमा रहेको रेडियो खुला आकाशको ‘वडाका कुरा’ कार्यक्रममा काँडागाउँमा […]