माधव पक्षका सांसद भन्छन्सं-सद्लाई पूर्णकाल जोगाउन देउवालाई मत दिन्छौँ

उज्यालाे रैबार   ।   २०७८ श्रावण ३, आईतवार ११:५५

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा सांसदहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने स्पष्ट पारेका छन् ।

उनीहरूले यसबारेमा अहिले पार्टीले निर्णय गर्नुपर्ने आवश्यक नरहेको भन्दै आफूहरू पहिलेदेखि नै संसद् पूर्णकाल चल्नुपर्ने पक्षमा उभिएकाले अहिले पनि जे गर्दा संसद् पुरा अवधि चल्न सक्छ सोही गर्ने बताए ।
​‘हामीले संसद् पूर्णकालीन चल्नुपर्छ भन्दै आएका हौ र त्यसका लागि प्रयास गर्दै पनि आएका हौ’, माधव नेपाल समूहका सांसद विरोध खतिवडाले भने, ‘यसमा निर्णय गरिरहनुपर्ने आवश्यकता छैन ।’ यदि देउवाले विश्वासको मत गुमाए पुन संसद् विघटन हुनेछ ।
त्यस्तै अर्का सांसद मेटमणि चौधरीले पनि प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने बताए । ‘हामी विश्वासको मत दिन्छौ, यसमा कुनै भ्रम छैन’, चौधरीले भने, ‘संसद् पुरा अवधि कायम रहनुपर्छ भन्ने हाम्रो भनाइ हो ।’

यसअघि एमालेको ओली पक्षले भने देउवालाई विश्वासको मत नदिने बताइसकेको छ । शुक्रबार बसेको एमाले स्थायी समिति बैठकले देउवालाई विश्वासको मत नदिने तर, कसैले दिए उनीहरू एमाले नरहने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा प्रधानमन्त्री कृषि आधुनिकीकरणको समिक्षा कार्यक्रम सम्पन्न

२०७८ श्रावण ३, आईतवार ११:५५
सुर्खेत १० साउन । परम्परागत कृषि प्रणालीलाई आधुनिक प्रविधिमा जोड्न प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइले आफनो योजना तथा कार्यक्रम कार्यान्वयन गरेको छ । परियोजना इकाइले सुर्खेतका अलवा कर्णाली प्रदेश भरिका परियोजना कार्यान्वयन इकाइहरुलाई समन्वयन गर्दै आएको छ । परियोजनाले शनिवार कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा एक कार्याक्रमको आयोजना गरि […]