कोभिड १९ महामारी : कर्णालीमा मृत्युदर सबैभन्दा बढी

उज्याले रैबार   ।   २०७८ भाद्र १, मंगलवार ११:३६

काठमाडौं । देशभर ७ लाख भन्दा मानिस कोरोना भाइरसबाट सङ्क्रमित भइसकेका छन् । यीमध्ये दश हजार भन्दा बढीले ज्यान गुमाएका छन्, भने झण्डै ७ लाख मानिस सङ्क्रमणमुक्त भएका छन् ।
स्वास्थ्य मन्त्रालयको तथ्याङ्क विश्लेषण गर्दा कोभिड(१९ को सङ्क्रमण सबैभन्दा बढी बाग्मती प्रदेशमा फैलिएको छ । यद्यपि, बाग्मती प्रदेशमा मृत्यु दर अन्य प्रदेश भन्दा कम देखिएको छ । कर्णाली प्रदेशमा भने मृत्युदर अन्य प्रदेश भन्दा उच्च देखिएको छ ।

बाग्मती प्रदेशमा मृत्यु दर १।१७ प्रतिशत देखिएको छ भने, कर्णालीमा २।०६ प्रतिशत देखिएको छ । स्वास्थ्य मन्त्रालयको साउन ३१ गतेसम्मको तथ्याङ्क अनुसार मृत्यु दर २ प्रतिशत नाघ्ने एक मात्र प्रदेश कर्णाली नै हो ।
कर्णाली प्रदेशमा १ लाख २४ हजार २ सय ९० जनाको नमुना परीक्षण गरिएकोमा २० हजार ९ सय ६७ जनामा सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमितमध्ये १९ हजार ३२ जना निको भइसकेका छन्, भने ४ सय ३४ जनाको मृत्यु भएको छ । कर्णाली प्रदेशमा कोभिड(१९को मृत्युदर २।०६ प्रतिशत देखिएको छ ।

यस्तै लुम्बिनी प्रदेशमा कोभिड(१९ को मृत्युदर १।७६ प्रतिशत देखिएको छ । भने गण्डकी प्रदेशमा मृत्युदर १।६७ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा १।२० प्रतिशत र प्रदेश २ मा १।६६ प्रतिशत देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भेरीकाे पानी उपत्यकामा ल्याउन दशैँ अघि टेण्डर

२०७८ भाद्र १, मंगलवार ११:३६
सुर्खेत । सुर्खेत उपत्यकाको खानेपानी समस्याको दीर्घकालीन समाधानका लागि सुरु हुन लागेको भेरी पम्पिङ आयोजनाको टेन्डर दसैंअघि हुने भएको छ । सुर्खेत उपत्यका खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अनुसार आयोजनाको डीपीआर तयार भइसकेकाले चाँडै टेन्डर हुन थालेको हो । करिब ४ वर्षअघिदेखि भेरी नदीको पानी सुर्खेत उपत्यकामा ल्याउन विभिन्न निकायले अध्ययन र […]