अब प्रदेश अस्पतालका हरेक बेडमा पाइपबाट अक्सिजन

अनलाइनबाटै ओपीडी टिकट

उज्यालो रैबार   ।   २०७८ आश्विन ६, बुधबार ०८:०३

सुर्खेत । प्रदेश अस्पतालले अहिले नयाँ भवनबाट सेवा प्रवाह गरिरहेको छ । सँगै अस्पतालमा अत्याधुनिक उपकरण, मेसिन र औजारहरु पनि भित्रिएका छन् । यस्तै अस्पतालमा थप विशेषज्ञ चिकित्सकहरु पनि उपलब्ध भएका छन् । योसँगै अस्पतालमा विरामीको उपचारमा सहज भएको छ । अर्कोतर्फ केही जटिल प्रकृतिका रोगको उपचार थालेको अस्पतालले कर्णालीमा पहिलो पटक जटिल रोगको शल्यक्रियामा पनि सफलता प्राप्त गरेको छ । यसले अब उपचारका लागि बाहिर जानैपर्ने बाध्यता अन्त्य हुने अपेक्षा गरिएको छ ।

कुनैबेला यो अस्पतालमा विरामीले सहज रुपमा अक्सिजन नै नपाउने समस्या थियो । त्यसमा पनि कारोना महामारीको बेलामा संक्रमितले अक्सिजनका लागि हानथाप नै गरे । तर अब अस्पतालले भने अक्सिजनको सहज व्यवस्थापन सुरु गरेको छ । अस्पतालले आफ्नै लगानी र दाताको सहयोगमा अक्सिजन प्लान्टहरु थप गरेर उत्पादनको तयारी थालेको छ ।

जसअनुसार हाल केही बेडमा पाइपलाइनबाटै अक्सिजन आपूर्ति भइरहेको भन्दै अस्पतालले चाँडै सबै बेडमा अक्सिजन सहज रुपमा उपलब्ध हुने जनाएको छ । अस्पतालका निर्देशक डाक्टर डम्बर खड्काले भने, ‘हामी थप प्लान्ट संचालनको तयारीमा छौं, अब विरामीले अक्सिजनको सिलिण्डर खोज्नुपर्ने अवस्था आउने छैन । हामी दशैंअघि नै पाइपलाइनबाटै हरेक बेडमा अक्सिजन आपूर्ति हुने व्यवस्था गर्दैछौं।’ साथै उनले अस्पतालमा थप सेवा र चिकित्सकहरु उपलब्ध गराउनका लागि सरकारसँग माग गरिएको जनाए ।

अनलाइनबाटै ओपीडी टिकट

सेवा र सुविधा विस्तार भएपछि अहिले यो अस्पतालमा विरामीको चाप पनि बढेको छ । विरामीको चाप बढेका कारण चेकजाँचका लागि ओपीडी टिकट लिन पालो कुर्नपर्ने अवस्था छ । तर अस्पतालले यसलाई मध्यनजर गर्दै अब अनलाइनबाटै टिकट काट्ने व्यवस्था गर्न लागेको हो । यसले विरामीलाई लाइन लाग्नुपर्ने बाध्यताबाट छुटकारा मिल्ने अस्पतालको दाबी छ ।

यस्तै अस्पतालले हटलाइन सेवा पनि सुरु गरेको छ । विरामी र तिनका आफन्तले अब अस्पतालमा सिधै ९८५८०५७७५५ र ९८५८०४५७५५ मा फोन गरेर सेवा लिन वा गुनासो राख्न सक्नेछन् । यस्तै अस्पतालले आकस्मिक कक्षमा उपचार गराइरहेका विरामीका लागि २४ सै घण्टा ल्याव, विलिङ र औषधि सेवा पनि सुरु गरेको छ । साथै अस्पतालले अब आर्थिक अवस्था कमजोर भएको र विपन्न परिवारका विरामीका लागि निशुल्क खानोको व्यवस्थापन गर्नकां लागि योजना बनाएको छ । यसका लागि दातासँग छलफल गर्न लागिएको अस्पतालले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीमा पुस भित्रै लोकसेवा आयोगको विज्ञापन गर्ने तयारी

२०७८ आश्विन ६, बुधबार ०८:०३
सुर्खेत । प्रदेश लोकसेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले आगामी पुस महिनासम्म रिक्त दरबन्दी पदपूर्ति गर्नका लागि विज्ञापन आह्वान गर्ने तयारी भइरहेको जानकारी दिए । उपाध्यायले यही आर्थिक वर्षभित्र पहिलो चरणको विज्ञापन गर्ने बताए । उपाध्यायले भने, ‘हामी सकेसम्म पुस महिनासम्म, नसके यही आर्थिक वर्षभित्रै पहिलो चरणको विज्ञापन आह्वान गर्छौ नै’ […]