कर्णालीमा पुस भित्रै लोकसेवा आयोगको विज्ञापन गर्ने तयारी

उज्यालो रैबार   ।   २०७८ आश्विन ६, बुधबार १८:२४

सुर्खेत । प्रदेश लोकसेवा आयोगका अध्यक्ष रामप्रसाद उपाध्यायले आगामी पुस महिनासम्म रिक्त दरबन्दी पदपूर्ति गर्नका लागि विज्ञापन आह्वान गर्ने तयारी भइरहेको जानकारी दिए । उपाध्यायले यही आर्थिक वर्षभित्र पहिलो चरणको विज्ञापन गर्ने बताए ।

उपाध्यायले भने, ‘हामी सकेसम्म पुस महिनासम्म, नसके यही आर्थिक वर्षभित्रै पहिलो चरणको विज्ञापन आह्वान गर्छौ नै’ अहिले आन्तरिक तयारी भइरहेको उनको भनाइ छ । उनका अनुसार लोकसेवा आयोग ऐन संशोधनका लागि प्रदेशसभामा पठाइएको छ । ‘पहिलाको ऐनमा सानो कुराको पनि अनर्थ लाग्ने कुराहरु देखियो । त्यसलाई सच्याउनका लागि हामीले प्रदेशसभामा ऐन पठाएका थियौँ । तर, अहिले सम्म पारित हुन सकेको छैन्’ अध्यक्ष उपाध्यायले भने ।

राजनीतिक किचलोका कारण प्रतिपक्षको अवरोधका कारण प्रदेशसभा नबस्ने भएपछि अध्यादेशबाट भएपनि ल्याइदिनुपर्यो भनेर आफूहरुले मुख्यमन्त्रीलाई भनेको तर, अहिलेसम्म कुनै सुनुवाई नभएको उनको भनाइ छ। अहिले कर्णालीमा कति दरबन्दी खाली छ भन्ने तथ्याङ्क संकलनको काम करिब ५० प्रतिशतमा पुगेको उपाध्यायले बताए ।

अन्य प्रदेशमा लोकसेवा आयोग गठन गरेर विज्ञापन आह्वान गरी आफ्नो प्रदेशमा कर्मचारी अभाव टार्ने काम भइसक्यो । कर्णालीमा भने लोकसेवा आयोगले पूर्णता पाएपनि विज्ञापन आह्वान गर्ने काम हुन सकिरहेको छैन । गत फागुन महिनामा प्रदेश लोकसेवा आयोगले पूर्णता पाएको थियो ।

अध्यक्षमा रामप्रसाद उपाध्याय नियुक्त भएका थिए । भने सदस्यमा वसन्ती शाही र भक्तबहादुर खड्का नियुक्त भएका थिए । तर, अहिलेसम्म प्रदेश लोकसेवा आयोगले अधिकारलाई समुचित प्रयोग गर्दै आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने कार्यलाई अगाडी बढाउन सकिरहेको छैन् ।

प्रदेश लोकसेवा आयोग कार्यालयका शाखा अधिकृत प्रेम आचार्यले लोकसेवा आयोगले आन्तरिक तयारी थालिरहेको बताए । प्रदेश लोकसेवा आयोग ऐन पास भइ नसकेकाले केही काम गर्न अवरोध पनि भएको उनले बताए । उनले भने, ‘भर्ना प्रणालीको सफ्टवेयर तयार भएको छ । कुन स्थानीय तहका कति दरबन्दी रिक्त भन्ने विवरण संकलन गर्ने काम अघि बढिसकेको छ ।’

उनका अनुसार अहिलेसम्म ७९ वटा स्थानीय तहमध्ये २६ वटा स्थानीय तहको विवरण आइसकेको छ । विवरण आएका स्थानीय तहहरुमा धेरैजसो प्राविधिक जनशक्ति रिक्त रहेको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दिगो विकास लक्ष्य कार्यान्वयनमा साझा प्रयास आवश्यक

२०७८ आश्विन ६, बुधबार १८:२४
सुर्खेत ६ असोज/ कर्णालीका सरोकारवालहरुले सबैको साझा प्रयासवाट मात्रै दिगो विकास लक्ष्यको कार्यान्वयनमा सहजता हुने वताएका छन । कर्णालीमा दिगो विकासका लक्ष्यहरुको कार्यान्वयनको अवस्था र आगामी कार्यदिशा सम्बन्धी उच्च स्तरिय नीति बहस कार्यक्रम सहभागीहरुले दिगो विकास लक्ष्य कार्यान्वयनमा सबैको साझा प्रयासवाट सम्भव हुने वताएका छन । कर्णाली प्रदेश योजना आयोग, […]