दिगो विकास लक्ष्य कार्यान्वयनमा साझा प्रयास आवश्यक

उज्यालो रैबार   ।   २०७८ आश्विन ६, बुधबार २०:१३

सुर्खेत ६ असोज/ कर्णालीका सरोकारवालहरुले सबैको साझा प्रयासवाट मात्रै दिगो विकास लक्ष्यको कार्यान्वयनमा सहजता हुने वताएका छन । कर्णालीमा दिगो विकासका लक्ष्यहरुको कार्यान्वयनको अवस्था र आगामी कार्यदिशा सम्बन्धी उच्च स्तरिय नीति बहस कार्यक्रम सहभागीहरुले दिगो विकास लक्ष्य कार्यान्वयनमा सबैको साझा प्रयासवाट सम्भव हुने वताएका छन । कर्णाली प्रदेश योजना आयोग, गैरसरकारी सस्था महाँसंघ कर्णाली प्रदेश र संयुक्त राष्ट्र संघद्धारा सयुक्त रुपमा वुधवार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा सहभागी सरोकारवालाहरुले दिगो विकासका लक्ष्य कार्यान्वयनमा सरोकारवालाको भुमिकालाइृ वृद्धी गरेर सबै पक्ष लाग्नुपर्नेमा जोड दिएका हुन । 
कार्यक्रममा सहभागी कर्णाली प्रदेशसभाका अर्थ तथा प्राकृतिक स्रोत समितिका अध्यक्ष गणेशप्रसाद सिंहले कर्णालीको समस्या समधान गरि दिगो विकास लक्ष्य हासील गर्न सबैको भुमिका महत्वपुर्ण हुनुपर्ने वताउनुभयो । दिगो विकास लक्ष्य अनुसार सरकारले ल्याउने हरेक योजना तथा कार्यक्रमहरुमा समावेसी र सहभागीतामुलक हुनुपर्ने वताउनुभयो । लक्ष्य एका तिर योजना विन्यास अर्को तिर भए विकासले गति नलिने भन्दै सिंहले सबैभन्दा पहिला राज्य नै वढि जिम्मेवार वन्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । दिगो विकास लक्ष्य अनुरसारको गति लिन सरकार , सांसद , निजि क्षेत्र विकास साझेदारहरु आफनो जिम्मेवारी अनुसार लाग्नुपर्ने उहाँको भनाई छ ।
त्यस्तै कार्यक्रममा कर्णाली प्रदेशसभाका सामाजिक विकास समितिका सदस्य सांसद पद्मा ख्ड्काले दिगो विकास लक्ष्य पुरा गर्न सबैभन्दा राज्य संचालकहरु वढि जिम्मेवार हुनुपर्ने वताउनुभयो । दिगो विकास लक्ष्यअनुसारका कार्यक्रम संचालन गर्न राज्य सचालकहरुको भुमिका धेरै महत्वपुर्ण हुनेभएकोले प्रदेशको विकास सामुहिक प्रयास आवश्यक भएको वताउनुभयो । समयमा कार्यालयहरुमा वजेट खर्चको अख्तियारी नजानुले पनि दिगो विकास लक्ष्य हासिल गर्न चुनौती भएको खड्काको भनाइ छ । सरोकारवालाहरु सबैले आफनो जिम्मेवारी अनुसार अगाडी वढे दिगो विकास लक्ष्य कार्यान्वयनमा समस्या नहुने उहाँको भनाइ छ ।
दिगो विकास लक्ष्य अनुसार समृद्ध कर्णाली निमार्ण गर्न सम्भाव्य आर्थिक क्षेत्रको पहिचान र परिचालन, महत्वपुर्ण विषय भएको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा सर्बराज खड्काले वताउनुभयो । सर्भसुलभ आधुनिक पूर्वाधार एवम् सघन अन्तर आवद्धता, मानव पुँजी निर्माण तथा संभावनाको पूर्ण उपयोग, उच्च र दिगो उत्पादन तथा उत्पादकत्व, उच्च र समतामूलक प्रदेश आय लगाएतका कुराहरु कर्णाली समृद्धीको आधार भएको खड्काले धारणा ब्यक्त गर्नुभयो । दिगो विकास लक्ष्य कार्यान्वयनका लागी कर्णाली प्रदेशले भौतिक पूर्वाधार विकास (सडक, ऊर्जा, बस्ती विकास, सिँचाइ, खानेपानी र सञ्चार) सामाजिक विकास (शिक्षा, स्वास्थ्य, रोजगार र सामाजिक सुरक्षा लाई प्रथामिकता दिएको जानकारी दिनुभयो ।
कार्यक्रममा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा. दिपेन्द्र रोकायले कर्णालीमा दिगो विकासका लक्ष्यहरुको अवस्था र कार्यान्वयन विषयमा प्रस्तुतीकरण गर्दै कर्णाली प्रदेशले सरकारले कर्णाली सोच २ दुइ हजार एक सयको समेत लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताउनुभयो । रोकायाले सम्बृद्ध कर्णाली सुखारी कर्णाली बासीको नारालाई कर्णालीको सोच दुइ हजार एक सयले कुनैपनि हालतमा पुरा गर्नेमा जोड दिनुभयो । कर्णाली प्रदेशमा दिगो विकास लक्ष्य र कर्णाली सोच २१००, दिगो विकासको लागि आन्तरिकीकरण, अभ्यास र प्रतिफल दिगो विकास लक्ष्यहरुको आधार स्तम्भको रुपमा अगाडी वढाएको वताउनुभयो । त्यस्तै उत्पादन (कृषि, उद्योग, जडीबुटी, खानी, वन पैदावार, पानी) पर्यटन र वातावरण, विज्ञान प्रविधि, अनुसन्धान र नवप्रवर्तन, डिजिटल कर्णाली, सुशासन कर्णाली प्रमुख प्रथामिकतामा रहेर दिगो विकास लक्ष्य कार्यान्वयनमा जोड दिएको उहाँको भनाई छ ।
कार्यक्रममा प्रस्तुतीकरण गर्दै युएनडिपी कर्णाली प्रदेशका प्रमुख रफिक सिद्धिकीले कर्णालीमा विकास दातृनिकायको तर्फवाट प्रदेश सरकारसंग साझेदारी गरेर कर्णाली विकासमा योगदान गर्न आफुहरु इच्छुक भएको भन्दै दिगो विकास लक्ष्य कार्यान्वयनमा सहकार्यको वातावरण निमार्ण गर्न आग्रह गर्नुभयो । दिगो विकास लक्ष्य हासील गर्न कर्णालीमा दातृ निकायहरुले साझेदारी गर्न इच्छुक भएकोले कर्णालीको विकासमा आफनो पुर्ण सहयोग रहने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा गैरसरकारी सस्था महाँसघका केन्द्रिय सदस्य खिमवहादुर शाहीले दिगो विकास लक्ष्य कार्यान्वयनमा गैरसरकारी संस्थहरु लागी रहेको वताउनुभयो । सरकार संगसंगै गैसस पनि समाज रुपान्तरणमा सहयात्री भएर लागेको भन्दै सबै क्षेत्रको सामुहिक प्रयासवाट मात्र दिगो विकास लक्ष्य अनुसार विकास सम्भव भएको धारणा ब्यक्त गर्नुभयो ।
यहि असोज १ गतेदेखी दिगो विकास लक्ष्य कार्य सप्ताह सुरु गरिएको छ । कर्णाली प्रदेश योजना आयोग, कर्णाली प्रदेश सरकार, संयुक्त राष्ट्र संघ, निजि क्षेत्र र नागरिक समाजको संयुक्त आयोजनामा दिगो विकास लक्ष्य कार्य सप्ताह आगामी असोज १२ गते सम्म संचालन हुने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

`युवा पत्रकारिता पुरस्कार’ बाट देवकोटा सम्मानित

२०७८ आश्विन ६, बुधबार २०:१३
जुम्ला । नेपाल पत्रकार महासंघ जुम्लाका सल्लाहाकार एवं नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य एलपी देवकोटा प्रेस काउन्सिलले प्रदान गर्ने युवा पत्रकारीता पुरस्कारबाट पुरस्कृत भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले एक कार्यक्रमका बीच देवकोटालाई युवा पत्रकारीता पुरस्कार प्रदान गरेकी हुन । गत भदौ ३० गते आफ्नो वार्षिक उत्सवको अवसरमा युवा पत्रकारीता […]