सुर्खेती समाजसेवी ओम प्रकाशको अन्तिम संस्कार हुँदै, श्रद्धाञ्जली दिन उर्लियो भीड

उज्यालो रैबार   ।   २०७८ आश्विन ७, बिहीबार ०८:४६

सुर्खेत । सुर्खेतमा समाजसेवीको रुपमा चर्चामा रहेका ओम प्रकास सुवेदीको मृत्यू भएसँगै सुर्खेत शोकमा डुबेको छ । मंगलबार काठमाडौंमा उपचारको क्रममा निधन भएका सुवेदीको अन्तिम अन्त्यष्टीका लागि आज विहान मात्रै शव सुर्खेत ल्याइएको थियो । वीरेन्द्रनगर वडा नं. ११ नेवारेमा अहिले उनी आवद्ध संघ संस्थाका पदाधिकारी, उनका आफन्तजन, शुभचिन्तक, नेकपा एमालेका नेता कार्यकर्ताहरुको बाक्लो उपस्थितिमा अहिले अन्तिम श्रद्धाञ्जली दिइरहेका छन् ।


‘हामीले एक कुशल समाजसेवी गुमाएका छौं । प्रकाशको मृत्यूले सुर्खेती समानताको आन्दोलनमा धक्का लागेको छ ।’ एमाले नेता एवम वीरेन्द्रनगर नगरउपप्रमुख मोहनमाया ढकालले भनिन, ‘उहाँको सुर्खेती विकासमा रहेको योगदान अतुलनीय छ । विभिन्न सामाजीक फोरममा उहाँले खेलेको भूमिका कसैले पनि विर्सन सकिदैन ।’ उनले कुशल सामाजिक अभियान्ताको रुपमा प्रकाशको जन्म भएको जस्तो लागिरहेको बताउँदै सबैले प्रकाशले देखाएको बाटोमा अग्रसर भएर जानुपर्ने बताईन ।


यसैबीच, आजै भेरी स्थित समौझीघाटमा अहिले उनको अन्तिम दाहसंस्कार गरिने तयारी भएको मृतक प्रकाशका आफन्तले जनाएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पालिकाबाहेक सबै अधिवेशन दसैँपछि

२०७८ आश्विन ७, बिहीबार ०८:४६
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत तल्लो तहको अधिवेशन कार्यतालिका फेरि प्रभावित भएको छ। एक दर्जन जिल्लामा अझै क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा पूर्वर्निधारित कार्यतालिका पूरै प्रभावित भएको हो। दसैंअघि नै केन्द्रीय र प्रदेशबाहेक सबै अधिवेशन सक्नेगरी कार्यतालिका सार्वजनिक भए पनि बुधबार बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकले स्थानीय ९पालिका० तहबाहेक तल्लो […]