नेकपा एकीकृत समाजवादीको उपमहासचिवमा प्रकाश ज्वाला

ujyaaloraibar   ।   २०७८ आश्विन ७, बिहीबार १२:४३

काठमाडौं । नेकपा एकीकृत समाजवादीले पदाधिकारीको टुंगो लगाएको छ। एकीकृत समाजवादीको काठमाडौंमा जारी केन्द्रीय समिति बैठकले पदाधिकारीको नाम अनुमोदन गर्न लागेको हो।एकीकृत समाजवादीको महासचिवमा बेदुराम भुसाल चयन भएका छन्। त्यसैगरी उपमहासचिवमा प्रकाश ज्वाला, गंगालाल तुलाधार र विजय पौडेल चयन भएका छन्।


राजेन्द्र पाण्डे, प्रमेश हमाल, धर्मनाश शाह र जयन्ती राई उपाध्यक्षमा चयन भएका छन्।त्यस्तै समाजवादीले चार जना नै सचिव बनाएको छ। जगन्नाथ खतिवडा, केशवलाल श्रेष्ठ, नागेन्द्र चौधरी र रामकुमारी झाँक्री सचिव भएका छन्।‘हामीले नाम टुंगो लगएका छौं’, महासचिव चयन भएका भुसालले सेतोपाटीसँग भने, ‘केन्द्रीय समितिको हलबाट अनुमोदनको तयारी गरिरहेका छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडा अध्यक्षको कुर्सीमा बसेर चुरोट तान्‍नेपछि चर्चामा आए धामी

२०७८ आश्विन ७, बिहीबार १२:४३
बझाङ । बझाङको छविसपाथिभेरा गाउँपालिका– ७ का वडाअध्यक्ष पदम मण्डेलको कुर्सी दुरुपयोग भएको पाइएको छ। मण्डेलको वडा कार्यालयमा राखेको पदम मण्डेल वडाअध्यक्ष लेखेको नेमप्लेट अगाडि राखेर वडा अध्यक्षको कुर्सीमा बसेर चुरोट तानेको फोटो सार्वजनिक भएको छ। उक्त कुर्सीमा बसी चुरोट तान्ने सोही गाउँपालिकाको वडा नम्बर ७ घर भएका केशव धामी […]