वडा अध्यक्षको कुर्सीमा बसेर चुरोट तान्‍नेपछि चर्चामा आए धामी

उज्यालो रैबार   ।   २०७८ आश्विन ७, बिहीबार १५:०१

बझाङ । बझाङको छविसपाथिभेरा गाउँपालिका– ७ का वडाअध्यक्ष पदम मण्डेलको कुर्सी दुरुपयोग भएको पाइएको छ। मण्डेलको वडा कार्यालयमा राखेको पदम मण्डेल वडाअध्यक्ष लेखेको नेमप्लेट अगाडि राखेर वडा अध्यक्षको कुर्सीमा बसेर चुरोट तानेको फोटो सार्वजनिक भएको छ।

उक्त कुर्सीमा बसी चुरोट तान्ने सोही गाउँपालिकाको वडा नम्बर ७ घर भएका केशव धामी हुन्। धामी नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष तथा सुर्मा आधारभूत विद्यालय बुडखोरीका अध्यक्षसमेत रहेका छन्।यता, वडाअध्यक्ष पदम मण्डेलले आफू काम विशेषले बाहिर रहेको र वडा सदस्य जहरे धामीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको बताए। उनले भने, ‘मैले यस विषयमा धामीलाई के भएको हो।भनेर बुझ्न खोज्दा आफूलाई पनि थाहा नभएको बताएका छन्।’ कार्यबाहक वडाअध्यक्ष जहरे धामीले आफूलाई त्यो विषयमा थाहा नभएको र वडा कार्यालय अन्तै सारिएकोले सामान सराउने बेला कतै बसेको हुन सक्ने बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्माणाधिन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई (ADBL BATCH 73) को सहयोग

२०७८ आश्विन ७, बिहीबार १५:०१
चितवन –  चितवनमा निर्माणाधिन रुपमा रहेको गोतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाइ १ लाख रुपैयाँको चेक (ADBL BATCH 73) का कर्मचारीहरुले सहयोग गरेका छन् । कुसी अबधारणा अन्तरर्गत आफ्नो ब्याचको नाममा कुसि सुरक्षित राख्न कृषि विकास बैंक ब्याच ७३ (ADBL BATCH 73) का कमचारीहरुले संयुत्त प्रयाशमा जनस्तरबाट निर्माण भइरहेको रंगशालालाइ लाई […]