विभागीय टोलीको सुखद सुरुआत

उज्यालो रैबार   ।   २०७८ आश्विन ११, सोमबार ०९:२०

छैटौं संस्करणको एनभिए क्लब भलिबल च्याम्पियनसिपअन्तर्गत आइतबार भएका खेलमा विभागीय टोलीले जित निकाल्दा बागलुङको गलकोट स्पोर्ट्स क्लबले बागमती प्रदेशलार्ई सोझो सेटमा हराएको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कर्भडहलमा आइतबार त्रिभुवन आर्मी क्लब, सशस्त्र प्रहरी बल ९एपिएफ० र नेपाल पुलिस क्लबले आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै प्रतियोगितामा सुखद सुरुआत गरेका हुन्।

प्रतियोगिताको पहिलो खेलमा त्रिभुवन आर्मी क्लबले कर्णाली प्रदेशलाई ३–० को सोझो सेटमा हराउँदा दोस्रो खेलमा एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबमाथि ३–१ को जित निकालेको हो।

आर्मीले सुखद सुरुआत गर्ने क्रममा कर्णाली प्रदेशमाथि २५–८, २५–१४, २५–७ को जित हात पार्‍यो। यस्तै एपिएफले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटले हराउने क्रममा पहिलो सेट २६–२८ ले गुमाएको थियो।

पुनरागमन गर्दै एपिएफले त्यसपछिका सेट २५–१८, २५–१५ र २५–१५ ले जित्न सफल भयो। दिनको तेस्रो खेलमा बागलुङको गल्कोट स्पोर्ट्स क्लबले बागमती प्रदेशमाथि २५–१९,२५–१७ र २५–१७ को जित निकाल्यो। यस्तै अर्को खेलमा नेपाल पुलिस क्लबले दावाँली मिलन क्लबलाई ३–० को सोझो सेटमा हराएको हो। राष्ट्रिय टोलीमा भएका खेलाडीको वर्चस्व रहेको पुलिस क्लबले दावाँलीलाई २५–१७, २५–२१, २५–१३ को सेटमा हरायो।

सोमबार पुरुषतर्फका ६ खेल हुनेछन्। पहिलो खेलमा हेल्प नेपाल स्पोर्ट्स क्लब र बागमती प्रदेशले प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेल प्रदेश २ ले गलकोट स्पोर्ट्स क्लबसँग खेल्नेछ। तेस्रो खेलमा दावाँली मिलनले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्दा विभागीय टोली नेपाल पुलिसले मणिमुकुन्द भलिबल क्लबविरुद्ध खेल्नेछ। पाँचौँ खेल नयाँ बजार युवा क्लब र कर्णाली प्रदेशबीच हुँदा अन्तिम खेलमा बुढानीलकण्ठ भलिबल क्लबले ढोरपाटन स्पोर्ट्स क्लबसँग प्रतिस्पर्धा गर्नेछ।

१६ गतेसम्म चल्ने प्रतियोगितामा पुरुषतर्फ १४ र महिलातर्फ ६ गरी कुल २० टोलीको सहभागिता रहेको छ। प्रतियोगिताबाट पुरुषतर्फ उत्कृष्ट ७ र महिलाका ५ टोलीले चैतमा आयोजना हुने क्लब लिगमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछन्।

विजेताले ४ लाख रूपैयाँ प्राप्त गर्दा उपविजेताले २ लाख रूपैयाँ पाउनेछन्। तेस्रोले १ लाख रूपैयाँ प्राप्त गर्नेछ। त्यस्तै सर्वोत्कृष्ट खेलाडीले २५ हजार रूपैयाँ प्राप्त गर्दा विधागततर्फका उत्कृष्ट हुनेले १० हजार रूपैयाँ पाउनेछन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदै

२०७८ आश्विन ११, सोमबार ०९:२०
काठमाडौं । दशैंको चौथो दिन आज कुष्माण्डा देवीको पूजा गरिँदैछ । कुष्माण्डा देवीलाई शुभकर्म थालनी वा सृष्टिको प्रतीकको रुपमा पूजा गर्ने चलन छ । यी देवीमा तातो रक्तसमूह भएका मानव, चराचरुङ्गी तथा चिसो रगत भएका माछा, सर्प लगायतका सारा प्राणीको सिर्जना गर्ने शक्ति रहेको शास्त्रहरुमा उल्लेख गरेको पाइन्छ । कुष्माण्डाको […]

सम्बन्धित समाचार