को हुन् कर्णालीका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाही?

ujyaaloraibar   ।   २०७८ कार्तिक १७, बुधबार १७:०४

सुर्खेत। कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले पथ तथा गोपनीयताको सपथ लिएका छन्। मंगलबार साँझ उनले प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्। अमेरिकाको एअरक्राफ्ट एभिएसन कम्पनीबाट पाइलट कोर्स सम्पन्न गरेर दुई वर्षसम्म जहाज चलाएका जीवनबहादुर शाही कर्णाली प्रदेशको दोस्रो मुख्यमन्त्री बनेका छन्। पाइलटको जागिर छोडेर पूर्णकालिन राजनीतिमा होमिएका शाही नेपाली कांग्रेसको केन्द्रीय सदस्य छन्। २०२१ साल फागुन २१ गते हुम्लाको खार्पुनाथ गाउँपालिकाको छिप्रामा मावली घरमा जन्मिएका शाही १६ वर्ष हुम्ला कांग्रेसको सभापति भए। त्यसयताका १६ वर्ष लगातार उनी कांग्रेस केन्द्रीय सदस्य छन्।

नेपाल विद्यार्थी संघको त्रि–चन्द्र क्याम्पस इकाई सदस्यबाट विद्यार्थी राजनीति सुरु गरेका शाहीले कर्णाली हित समितिको सहसचिव, नेपाली कांग्रेस हुम्लाको संस्थापक सभापति, ११ औं महाधिबेशनबाट लगातार केन्द्रीय सदस्य छन्। नेपालीसँगै अंग्रेजी, हिन्दी, स्पेनीस, जर्मनी र लामाखाम भाषामा पोख्त छन्। नवनियुक्त मुख्यमन्त्री शाहीले अमेरिका, बेलायत, चीन, जापान, जर्मनी, अष्ट्रेलिया, थाइल्याण्ड, इटाली, भारत, स्पेन, नेदरल्याण्ड, फ्रान्स, इजरायल, टर्कीलगायत देशको भ्रमण गरेका छन्। मुख्यमन्त्री शाहीका श्रीमती बसन्तीकुमारी सिंह शाही र दुई छोरा तथा एक छोरी छन्।

छ वर्षको हुँदा बुढानिलकण्ठ स्कुल काठमाडौंमा अध्ययन गरेका शाहीले त्रिचन्द्र बहुमुखी क्याम्पसबाट आइएस्सी र त्रिभूवन विश्वविद्यालयबाट राजनीति शास्त्रमा माष्टर डिग्री गरेका छन्। २०७४ सालको प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ कांग्रेसबाट कर्णालीमा शाही मात्रै निर्वाचित भएका थिए। २०७३ मा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन तथा खानेपानी तथा सरसफाई मन्त्री भएका शाही २०७० मा हुम्ला जिल्लाबाट नेपाली कांग्रेसकोतर्फबाट संविधानसभा सदस्य, २०७० देखि २०७४ सम्म संसदको विकास समिति सदस्य र कर्णाली विकास उपसमिति संयोजक, २०६४ मा संविधानसभा सदस्य, २०५५ मा नेपाली कांग्रेसको तर्फबाट जिल्ला विकास समिति हुम्लाको सभापति भएका थिए।

स्नोल्याण्ड एकीकृत विकास केन्द्र हुम्लाको संस्थापक अध्यक्ष भएका शाही सामुदायिक रेडियो कैलाश हुम्लाको संस्थापक अध्यक्ष हुन्। यस्तै शुभचिन्तक बचत तथा सहकारी संस्थाको संस्थापक, रेडक्रस सोसाइटी हुम्ला र रेयूकाई नेपाल हुम्लाको संस्थापक पनि हुन्। उनले १० वर्षसम्म मानसरोवर नमूना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएर काम गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भोलि ‘नेपाल बन्द’ गर्न यातायात व्यवसायी(व्यापारीलाई विप्लव समूहको अपिल

२०७८ कार्तिक १७, बुधबार १७:०४
काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोषित बन्द कार्यक्रममा सहयोग गर्न यातायात व्यवसायी लगायतलाई आह्वान गरेको छ। पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको मूल्यवृद्धिविरुद्ध यही कात्तिक ३० गतेका लागि बन्द आह्वान गरिएको सो पार्टीले जनाएको छ। केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इन्चार्ज प्रज्वलनले विभिन्न पेसाकर्मी, उद्योगी, व्यवसायी, शैक्षिक सङ्घसंस्थालगायत सम्बन्धित […]