भोलि ‘नेपाल बन्द’ गर्न यातायात व्यवसायी(व्यापारीलाई विप्लव समूहको अपिल

उज्यालो रैबार   ।   २०७८ कार्तिक २९, सोमबार १५:२४

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले घोषित बन्द कार्यक्रममा सहयोग गर्न यातायात व्यवसायी लगायतलाई आह्वान गरेको छ। पेट्रोलियम पदार्थलगायत अत्यावश्यक वस्तुमा गरेको मूल्यवृद्धिविरुद्ध यही कात्तिक ३० गतेका लागि बन्द आह्वान गरिएको सो पार्टीले जनाएको छ।

केन्द्रीय प्रचार तथा प्रकाशन विभागका इन्चार्ज प्रज्वलनले विभिन्न पेसाकर्मी, उद्योगी, व्यवसायी, शैक्षिक सङ्घसंस्थालगायत सम्बन्धित क्षेत्रका सम्पूर्ण पक्षलाई बन्द सफल पार्न आह्वान गर्दै जारी गरेको पत्रमा भनिएको छ, ‘सरकारले हालै महिना दिनभित्रै ९ पटकसम्म पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको छ। डिजेल, पेट्रोल, हवाई इन्धन, ग्याँस सिलिन्डर तथा दैनिक अत्यावश्यक उपभोग्य वस्तुमा भएको चर्को मूल्यवृद्धिले आम सर्वसाधारण किसान, श्रमिक, मजदुर मात्र नभई विद्यार्थी, शिक्षक–बुद्धिजीवी, कर्मचारीलगायत मध्यम वर्ग र व्यवसायीहरूको समेत ढाड भाँच्ने निश्चित छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कर्णालीका २७ हजार विद्यार्थी पढाइबाट बञ्चित

२०७८ कार्तिक २९, सोमबार १५:२४
सुर्खेत । कर्णाली प्रदेशको शिक्षा क्षेत्रमा कोरोनाले निकै प्रभाव पारेको एक अध्ययनले देखाएको छ । शिक्षाका लागि राष्ट्रिय अभियान नेपालले गरेको अध्ययनमा कोरोनाका कारण कर्णालीका २७ हजारभन्दा बढी बालबालिका पढाइबाट वञ्चित भएको देखिएको जनाइएको हो । कुल विद्यार्थीको नौ प्रतिशत अर्थात् २७ हजार विद्यार्थी शिक्षा पाउनबाट वञ्चित भएको अध्ययनमा उल्लेख […]