एमालेमा सचिवका ७ सिटमा २७ बढीको दाबी

उज्यालो रैबार   ।   २०७८ मंसिर १२, आईतवार १६:००

चितवन । एमालेमा सचिवका दाबेदारहरू अत्यधिक देखिएका छन् । अहिलेसम्म ७ वटा सचिव पदका दाबेदारहरूमा योगेश भट्टराई, रघुजी पन्त, किरण गुरुङ, टोपबहादुर रायमाझी, लेखराज भट्ट, मणि थापा, प्रभु साह, विष्णु रिमाल, डा। शिवमाया तुम्वाहाम्फे, पदमा अर्याल, छविलाल विश्वकर्मा, भानुभक्त ढकाल र यमलाल कँडेल छन् । त्यसैगरी, गोकुल बास्कोटा, खगराज अधिकारी, शेरबहादुर तामाङ, विशाल भट्टराई, पार्वत गुरुङ, कृष्णगोपाल श्रेष्ठ राजेन्द्र गौतम, रघुवीर महासेठ, ठाकुर गैरे, अरुण नेपाल, महेश बस्नेत, गुरु बराल, शेरधन राई, कर्ण थापा र हिक्मत कार्कीसमेतले सचिवमा दाबी गरेका छन् । यीमध्येबाट ओलीले ७ जना सचिव छान्नुपर्ने छ ।


ओलीले पूर्वमाओवादी समूहबाट टोपबहादुर रायमाझी र लेखराज भट्टमध्ये एकजनालाई सचिव बनाउने प्रस्ताव गरेको बुझिएको छ । योगेश भट्टराई पुरानै भइहाले । आफू निकटका विष्णु रिमाल पनि ओलीको प्राथमिकतामा छन् । त्यस्तै, महिलाबाट शिवमाया र पदमा अर्यालमध्ये एकले चान्स पाउने बताइएको छ । विन्दा पाण्डेले उपमहासचिव नपाएमा उनी सचिव बन्ने सम्भावना छ । त्यसपछि बाँकी तीन सीटमा भूगोल, प्रदेश र जातीय क्लष्टरहरु मिलाउनुपर्ने बाध्यता छ ।

पदाधिकारी बाहेक केन्द्रीय सदस्यहरूमा प्रदेशगत रूपमा सहमति जुटाउनका लागि छलफल भइरहेको महाधिवेशनमा सहभागी नेताहरूले जानकारी दिएका छन् । सहमति जुटाएर आजै बन्दसत्रमा नामावली प्रस्तुत गर्ने अध्यक्ष केपी शर्मा ओलीको योजना छ । तर, सहमति नजुटेका पदहरूमा चुनाव हुने नेताहरूले बताएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिनावरी नबार्ने जाेडीलाइ सम्मान

२०७८ मंसिर १२, आईतवार १६:००
जुम्ला । हिनावारीको समयमा घरमा बसेर उदाहरणीय काम गर्ने दुइ जोडीलाइ सम्मान गरिएको छ । पातारासी गाउँपालिकाका दुई जोडीलाई सम्मान गरिएको छ । महिनावारी भएका बेला घरमै बस्ने साउनी बोहोरा उनका श्रीमान कालु बोहोरा तथा रेउली सार्की र उनका श्रीमान वीरे सार्कीलाई सम्मान गरिएको हो । महिनावारी हुँदा घरैमा बस्ने […]