देशका ठुला आयोजना चितवनमा निमार्ण हुँदै : नगरप्रमुख दाहाल

स्थानीय सरकारका साढे चार वर्ष

चन्द्र प्रकाश उपाध्याय   ।   २०७८ पुष २४, शनिबार १८:४५

चितवन: भरतपुर महानगरपालिकाकी प्रमुख तथा नेपाल कम्युनिष्ट पार्टी माओवादीको केन्द्रीय सदस्य समेत रहेकी रेनु दाहालले साढे ४ वर्षको अवधिमा देशकै ठुला विकासका आयोजनाहरु चितवनमा भएको दाबी गरेकी छिन् ।

पुस ८ गते सकिएको १० औ नगरसभाको निर्णयहरु जानकारी दिन भरतपुर महानगरपालिकाले २१ गते बुधबार बिहान पत्रकार सम्मेलन आयोजना गरी महानगरले हालसम्मका प्रगति विवरण प्रस्तुत गर्दै महानगर प्रमुख रेनु दाहालले साढे ४वर्षको अवधिमा धेरै काम पुरा भएका र बाँकी काम छिटै पुरा हुने दाबी गरिन् । साढे ४ वर्षमा भएका कार्यहरुको बारेमा जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा महानगरले यो अवधिमा गरेको ५४ वटा मुख्य कामहरु सार्वजनिक गरेको छ । यो अवधिभरकति काम पूरा गरको छ भने कैयौ काम अपूरा छन् । कति कामहरु निर्माणको अन्तिम चरणमा छन् भने कति काम त भएका छैनन् ।

महानगर प्रमुख रेनु दाहालका अनुसारविकासका दर्जनौ कामहरु निर्माणको चरणमा रहेको बताईन् । पत्रकार सम्मेलनमा दाहालले कतिपय काममा ढिलासुस्ती भएको स्वीकार पनि गरिन् । सार्वजनिक गरेको कार्यक्रममध्ये अधिकांश पूर्वाधार विकास निर्माणहरु रहेका छन् ।गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रङ्गशाला मेट्रो प्लाजा अटोल्याण्ड निर्माण, नारायणी नदी किनार सीविच मोडेल, सीटीहल, रिङरोड जस्ता विषयलाई विकासको मुख्य आधार बनाइएको छ। पछिल्लो ४ वर्ष अन्य जिल्ला भन्दा चितवनमा भने निकै ठुलो रुपान्तरकारी आयोजनाहरु चितवनमा रहेको प्रमुख रेनु दाहालले बताईन्, यो बिचमा ६ सय १० किलोमिटर कालोपत्र गरिएको महानगरले जानकारी दिएको छ ।
महानगरपालिकाले चालु आर्थिक वर्षको लागि ५ अर्बभन्दा बढी बजेट परित गरेको छ ।

महानगरको नगरसभाले आर्थिक वर्ष २०७८÷७९ का लागि ५ अर्ब ३३ लाख ९९ हजाररुपैया बजेट पारित गरेको हो । चालु आबको ४ अर्ब ८५ करोड ६१ लाख २९ हजार र पुरक बजेटबाट ४८ करोड ३८ लाख १० हजार थप भई सो रकम बराबरको बजेट रहेको नगर सभाले जानकारी गराएको छ । साढे ४ वर्षको अवधिमा ९ औ नगरसभा पुरा गरी १० औ सभाको निर्णयहरु जानकारी दिन बुधबार पत्रककार सम्मेलनको आयोजना गरी महानगरको प्रगति विवरण सार्वजनिक ग¥यो । पत्रकारसँग बोल्दै दाहालले शिक्षा, स्वास्थ्य, सुशासन, आन्तरिक आय लागत हरेक क्षेत्रमा उल्लेखनीय प्रगति गरेको दाहालले दाबी गरिन् । भरतपुर महानगरपालिका वडा नम्बर ३ मा सार्वजनिक निजी साझेदारी मोडलमा निर्माण हुने भरतपुर मेट्रो प्लाजाको सम्झौता काम अगाडि बढेको मेयर दाहाले बताईन ।

नारायणी नदीमा डुबान, कटान नियन्त्रणको लागि तटबन्धन गर्न संघिय सरकाररबाट ४ अर्बको बजेट सुनिश्चित भएको जनाएको छ । शिक्षा क्षेत्रमा विगत ४ वर्षको अवधिमा भरतपुर सामुदायिक विद्यालयको शिक्षक दरबन्दी मिलान र प्रधानाध्यापक व्यवस्थापनमा महत्तवपूर्ण कार्य सम्पन्न भएको छ ।यस अवधिमा सामुदायिक विद्यालयको विद्यार्थी संस्थामा करिब ६ हजार बढी भएको महानगरले जनाएको छ ।
आधारभूत तहका विद्यार्थीको सिकाई उपलब्धी २०७५ मा ५६।४७५ रहेकोमा शैक्षिक सत्र २०७७ मा ५।५३५ ले वुद्धि भई ६२।५ पुगेको छ। सामुदायिक विद्यालयको शैक्षिक उपलब्धी प्रगति भएको दाहालको दाबी र कुल साक्षरताहरु गुणस्तरमा ९८।५५ रहेको छ । नमुना विद्यालयहरु स्थापना भएका छन् ।संस्थागत विद्यालयहरुको साझेदारीमाकक्षा ११ का २३९ जना विद्यार्थीहरुलाई मेरिट बेसमा विभिन्न संस्थागत विद्यालयमा पुर्ण भागप्रति प्रदान गरेके महानगरले जानकारी गराएको छ । नारायणगढ–गोन्द्राङ ६ लेन सडक निर्माणपछि फटपाथको समस्यापनि समाधान हुने प्रमुख दाहालको भनाई छ । अब रहेको सबै काम समयमै पुरा हुने बताईन ।

फोहोरमैलाको दिगो व्यवस्थापन हुन नसक्दा महानगर धेरै आलोचित बन्नुपरेको छ । पत्रकार सम्मेलनमा प्रमुख दाहालले फोहोरमैला व्यवस्थापनमा स्थानीयबाट असहयोग भएको बताइन् । उनले फोहोरमैललाको दिगो एवम्वैज्ञानिक व्यवस्थापनका लागि कोरियन सरकारको सहयोग बताइन् । उनका अनुसार १ अर्ब २५ करोड लाग अनुमान हुने गरी यहि पौष मसान्तभित्र सम्झौतामार्फत वैज्ञानिक फोहोर व्यवस्थापनको कार्य अगाडि बढ्ने दाबी गर्दै महानगरले मात्र बढाउने भए यतिबेला ल्यान्डफिल्ड बनिसक्ने थियो । तर कोरियाको भरपर्दा ढिला भएको छ । दिगो व्यवस्थापनका लाग्दा ढिलो भयो । जे होस् अब नेपालको नमुना ठाँउ भनेर चितवनलाई चिनाउने दाहालले दाबी गरेकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत सहित २७ जिल्लाका सुकुम्बासीको लगत संकलन गरिदै

२०७८ पुष २४, शनिबार १८:४५
सुर्खेत । राष्ट्रिय भूमि आयोगले सुकुम्बासीको लगत संकलन गर्ने भएको छ । आयोगले आइतवार सार्वजनिक गरेको सूचना अनुसार आगामी माघ १८ गतेदेखि सुर्खेतसहित २७ जिल्लाका विभिन्न स्थानीय तहमा तथ्यांक संकलन गर्ने गरिने भएको हो । सूचनाअनुसार सुर्खेतका तीन स्थानीय तहमा लगत संकलन गरिनेछ । चौकुने गाउँपालिका, गुर्भाकोट नगरपालिका र भेरीगंगा […]

सम्बन्धित समाचार