कर्णाली प्रदेश लोकसेवा आयोगले गर्याे विज्ञापन आह्वान

उज्यालो रैबार   ।   २०७८ पुष २७, मंगलवार ०९:२७

सुर्खेत । कर्णाली प्रदेश लोकसेवा आयोगले पदपुर्तिका लागि विज्ञापन आह्वान गरेको छ । आयोगले आज खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन गरेको हो ।

आयोगले प्रदेश निजामति सेवा र स्थानीय सरकारी सेवा पाँचौं तहका विभिन्न सेवा समुहका अप्राविधिकरप्राविधिक तर्फका विज्ञापन प्रकाशित गरेको हो । प्राविधिक पाँचौं तहको खुला तर्फ ६८, महिलातर्फ १८ र आदिवासी जनजातीतर्फ ६ जनाका लागि विज्ञापन गरिएको छ ।

यस्तै, अप्राविधिकतर्फ सव–ईन्जिनियर ५७, कृषि प्राविधिक ६२, पशु प्राविधिक ३७, हेल्थ असिस्टेन्ट ३०, स्टाफ नर्स २३ जनाका लागि विज्ञापन गरिएको हो ।

विज्ञापन हेर्नुहोस्

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अमेरिकी अर्बपति रोबर्ट डर्स्टको कारागारमै मृत्यु

२०७८ पुष २७, मंगलवार ०९:२७
काठमाडौं । आजीवन कारागार सजाय भोगिरहेका अमेरिकी अर्बपति रोवर्ट डर्स्टको कारागारमै मृत्यु भएको छ । आफ्नै सहकर्मीको हत्या अभियोगमा क्यालिफोर्नियाको एक कारागारमा जन्मकैदको सजाय भोगिरहेका डस्र्टको कारागारमै मृत्यु भएको हो । ७८ बर्षिय डर्स्ट गत बर्षको सेप्टेम्बरमा पक्राउ परेका थिए । श्रीमती वेपत्ता भएको विषय अरुलाई भनिदिने त्रासले उनले आफ्ना […]