एमसीसी संसद् बैठकमा टेबुल

उज्यालो रैबार   ।   २०७८ फाल्गुन ८, आईतवार १४:३५

काठमाडौं। लामो रस्साकस्सीपछि अमेरिकी सहायता परियोजना एमसीसी संसद् बैठकमा टेबुल भएको छ। आज आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सम्झौता टेबुल गरेका हुन्।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधका बीच बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले एमसीसी टेबुल गर्न मन्त्री कार्कीलाई समय दिएका थिए। सभामुखले बैठक सुरु भएको जनाउ दिनेबित्तिकै एमालेका सांसदहरुले बेल घेराउ गरेर नाराबाजी सुरु गरेका थिए। एमालेले गत भदौदेखि नै संसद्मा अवरोध गर्दै आएको छ। आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकले एमसीसी आजै प्रतिनिधिसभामा टेबुल गर्ने सहमति गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेत आँखा अस्पतालको सेवा विस्तार, नेपाल नेत्र ज्योती संघको सहयोग

२०७८ फाल्गुन ८, आईतवार १४:३५
सुर्खेत :- सुर्खेत आँखा अस्पतालको सेवा विस्तारका लागि पछिल्लो समय सिविएम जर्मनी र अष्ट्रेलियाको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योती संघले करीव १ करोड बराबरको उपकरण हस्तान्तरण गरेको छ । कर्णाली प्रदेशको एक मात्र सुबिधा सम्पन्न आँखा अस्पतालको रुपमा रहेको सुर्खेत आँखा अस्पतालमा पछिल्लो समय विरामीको चाप बढे सँगै आँखा रोग […]