सुर्खेत आँखा अस्पतालको सेवा विस्तार, नेपाल नेत्र ज्योती संघको सहयोग

उज्यालो रैबार   ।   २०७८ फाल्गुन ११, बुधबार १८:५२

सुर्खेत :- सुर्खेत आँखा अस्पतालको सेवा विस्तारका लागि पछिल्लो समय सिविएम जर्मनी र अष्ट्रेलियाको आर्थिक सहयोगमा नेपाल नेत्र ज्योती संघले करीव १ करोड बराबरको उपकरण हस्तान्तरण गरेको छ ।


कर्णाली प्रदेशको एक मात्र सुबिधा सम्पन्न आँखा अस्पतालको रुपमा रहेको सुर्खेत आँखा अस्पतालमा पछिल्लो समय विरामीको चाप बढे सँगै आँखा रोग सम्बन्धिका विरामी आउने क्रम बढ्दो छ । अस्पतालमा िसमित मात्रमा उपचार उपकरणका सामाग्री हुदा अस्पतालले सोचे जस्तो छिटो छरीतो तहरमा सेवा दिन सकेको थिएन । तर गएको केहि दिन अघि नेपाल नेत्र ज्योतीसँघले आँखा उपाचार सम्बिधि विभिन्न उपकरण सहयोग गर्दा थप सेवा दिन सकिने भएको अस्पताल प्रमुख डा. शक्तिप्रसाद सुवेदीले बताए ।


नेत्र ज्योती संघले अहिले प्याकेमेटी«, ए स्क्यान, चश्मा वनाउने अटो एजिङ मेसिन, प्रयोगशाला उपकरण, न्युन दृष्टि उपकरण, जलविन्दुको उपचारका लागि हम्प्री मेसिन, अटोरेपे्रक्टोमिटर र उपकरण सँगै अस्पताल क्षेत्रमा बालबालीकाका लागि बाल खेल मैदान समेत निमार्ण गरीदिएको छ भने भौतिक पूर्वाधारमा अपांग मैत्री वनाएको छ ।


नेत्र ज्योती संघका कर्णाली प्रमुख मानबहादुर कुवरले भने विगतका दिन देखि अस्पताल सँग विभिन्न क्याप लगाएतका अन्र्य कार्यमा सहकार्य गर्दै आएको र संघले अब आउने दिनमा पनि सँगै रहेर कणाली वासीको अन्धकार हटान सँगै सहकार्य गर्न आफुहरु तत्पर रहेको पनि बताए ।
गएको वर्ष कोरोनाको कहरले गर्दा विभिन्न क्याम गर्न नपाउदा अहिले कर्णालीका नागरीकमा मोतियाबन्दु वढे सँगै अन्धोपन बढेको अवस्था छ।

सुर्खेत आंखा अस्पतालको सेवालाई स्तरोन्नती गर्न सहकार्यवाट सम्भव भएको हुदा प्रदेश सरकारको सहयोग सँगै नेपाल नेत्रज्योति संघको सहकार्यवाट अस्पतालको थप सेवा विस्तारमा उल्लेख्य सहयोग प्राप्त भएकोे अस्पतालका व्यवस्पाक घन बहादुर थापा बताउन्छन् ।
कर्णालीका नागरीकलाई पहिले आँखाको सामान्य उपचार गर्न पनी नेपालगञ्ज, काठमाडौं लगाएत बाहिरी मुलुक भारतमा समेत धाउन पर्ने बाध्यता थियो । तर अहिले सुर्खेत आँखा अस्पतालमै जटिल आँखाको अपरेश्न, शल्यक्रीया पनी हुने गद्छ । यसलाई थप व्यवस्थित बनाउन सरकारले अस्पताल स्तोरोउन्नती सँगै जनशक्ति तथा उपकरण र भौतिपूर्वाधार व्यवस्थापनमा ध्यानदिन आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युक्रेनमाथि सैन्य कारबाहीको घोषणा

२०७८ फाल्गुन ११, बुधबार १८:५२
काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको बिखन्डनकारीले नियन्त्रणमा रहेको दोनबास क्षेत्रमा ‘सैन्य कारबाही’ घोषणा गरेका छन् । एउटा टेलिभिजन सम्बोधनमा पुटिनले यस्तो घोषणा गरेका हुन् । यसअघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सुरक्षा परिषदको आकस्मिक बैठकलाई सम्बोधन गर्दै रुसलाई युक्रेनमा जान लागेका सेना रोक्न पुटिनसँग अनुरोध गरेका थिए । ‘वास्तवमै […]