युक्रेनमाथि सैन्य कारबाहीको घोषणा

उज्यालो रैबार   ।   २०७८ फाल्गुन १२, बिहीबार ०९:५८

काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले युक्रेनको बिखन्डनकारीले नियन्त्रणमा रहेको दोनबास क्षेत्रमा ‘सैन्य कारबाही’ घोषणा गरेका छन् । एउटा टेलिभिजन सम्बोधनमा पुटिनले यस्तो घोषणा गरेका हुन् ।

यसअघि राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले सुरक्षा परिषदको आकस्मिक बैठकलाई सम्बोधन गर्दै रुसलाई युक्रेनमा जान लागेका सेना रोक्न पुटिनसँग अनुरोध गरेका थिए ।

‘वास्तवमै युक्रेनमा सैन्य तयारी भइरहेको छ भने, म मेरो हृदयदेखि राष्ट्रपति पुटिनलाई भन्न चाहन्छु आफ्ना सेनाहरूलाई रोक्नुहोस्, शान्तिलाई मौका दिनुहोस् ’, गुटरेसले भनेका थिए । नेपाल प्रेस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दुर्गेश थापासहित चार जनाले आफूमाथि षडयन्त्र गरेको पल शाहकाे आरोप

२०७८ फाल्गुन १२, बिहीबार ०९:५८
काठमाडौं। नाबालिगमाथि यौन शोषण गरेको जाहेरी परेपछि पल शाहलाई यतिबेला प्रहरीले खोजी गरिरहेको छ । शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा जबरजस्ती करणीको उजुरी परेको छ । प्रहरीले खोजिरहेका शाहले सामाजिक सञ्जालमार्फत आफ्नो बचाउ गर्ने प्रयास गरेका छन् । उनले आफूमाथि नियोजित षडयन्त्र भएको भन्दै दुर्गेश थापा, सरोज ओली, कृष्ण जोशी […]