देउवा र ओलीबीच भेटवार्ता

उज्यालो रैबार   ।   २०७८ फाल्गुन १२, बिहीबार १५:४६

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।संसद भवन नयाँ बानेश्वरमा देउवा र ओलीबीच छलफल भएको हो । आजको प्रतिनिधिसभा बैठक प्रधानमन्त्री देउवाकै आग्रहमा स्थगित भएको थियो । संसदमा विचाराधीन एमसीसी सम्झौतालाई अनुमोदन गराउन प्रधानमन्त्री देउवाले नेकपा एमालेको साथ खोजेको छन् ।

सत्तारुढ गठबन्धनमा एमसीसीबारे सहमति नजुटेपछि प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षको साथ खोजेका हुन् । छलफलका लागि प्रधानमन्त्री देउवा ओलीकै कार्यकक्षमा पुगेका हुन् । छलफलमा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र कांग्रेस महामन्त्री गगन थापा पनि छन् । त्यस्तै एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि छलफलमा सहभागी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

चितवनबाट चुनाव लड्ने बादलको चाहना

२०७८ फाल्गुन १२, बिहीबार १५:४६
१४ फागुन, सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनमा पार्टीले टिकट दिए विगतमा झैं चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै उठ्ने चाहना व्यक्त गरेका छन् । शनिवार सुर्खेतको वीरेन्द्रनगर पुगेका बादलले पार्टीले टिकट दिए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला चितवनबाट चुनाव लड्ने बताएका […]

सम्बन्धित समाचार