चितवनबाट चुनाव लड्ने बादलको चाहना

उज्यालो रैबार   ।   २०७८ फाल्गुन १४, शनिबार १४:२६

१४ फागुन, सुर्खेत । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले आगामी निर्वाचनमा पार्टीले टिकट दिए विगतमा झैं चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै उठ्ने चाहना व्यक्त गरेका छन् ।
शनिवार सुर्खेतको वीरेन्द्रनगर पुगेका बादलले पार्टीले टिकट दिए माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को गृह जिल्ला चितवनबाट चुनाव लड्ने बताएका हुन् ।


‘आगामी निर्वाचनमा पार्टीले टिकट दिए विगतमा झै चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट नै उठछु, संविधान सभाको निर्वाचनमा पनि त्यहीबाटै विजयी भएको थिए’ सुर्खेत विमान स्थलमा पत्रकारहरुसंग कुरा गर्दै बादलले भने ।
उनले एमसीसीबारे आफ्नो दलले प्रस्ट धारण बनाइ नसकेको बताए । संसदमा पहिलेदेखि नै १४ जना सांसदलाई कार्वाहीको विषयमा सूचना टाँस गर्ने माग रहेको र उक्त माग पुरा नहुँदासम्म एमाले मत विभाजनको प्रक्रियामा सहभागी नहुने बताए ।
उक्त माग पुरा भएपछि मात्र पार्टीले एमसीसीबारेमा ठोस र आधिकारिक धारणा बनाउने उनको भनाई छ । ‘सभामुखले सूचना टाँस गर्नु भएको छैन, उहाँले राजीनामा दिएर मार्ग प्रशस्त गरिदिनुपर्छ । काँग्रेससँग सहकार्य गर्ने कुनैपनि सहमति भएको छैन’ उनले भने ।
एमाले कर्णाली प्रदेशमा आयोजना गरेको निर्वाचन सम्वन्धी अभिमुखिकरण कार्यक्रममा सहभागी हुन बादल सहित उपमहासचिव प्रदिप ज्ञवाली, नेता विष्णु रिजाल, निरज आचार्य लगाएतका नेताहरु सुर्खेत पुगेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य सेवा दिवसको अवसरमा खुल्ला रत्तदान

२०७८ फाल्गुन १४, शनिबार १४:२६
१५ फागुन, सुखर्ते । स्वास्थ्य सेवा दिवस २०७८ को अवसरमा स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले रक्तदान कार्यक्रमको आयोजना गरेको छ । “गुणस्तरिय स्वास्थ्य सेवा हाम्रो प्रतिबद्वता” भन्ने मुल नाराका साथ यस पटकको स्वास्थ्य सेवा दिवस मनाउदै निर्देशनालये रक्तदान कायक्रम गरेको हो । नेपाल सरकारको स्वास्थ्य सेवा ऐन नेमावलि २०७५/७७ अनुसार हेरेक […]