एमसिसी अमेरिकाको गुलियो षड्यन्त्रमा नफसौं : प्रेम सुवाल

उज्यालो रैबार   ।   २०७८ फाल्गुन १५, आईतवार १६:३४

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका संसदीय दलका नेता प्रेम सुवालले अमेरिकी सहयोग परियोजना एमसिसी आइपिएसको अंग भएकाले लागू हुन नसक्ने बताएका छन् ।

आइबार एमसिसी सम्झौता छलफलबारे संसद्मा भाग लिँदै उनले साम्राज्यवादी शक्तिहरूले एमसिसीको नाममा स्वार्थ लाद्न खोजिएको आरोप लगाए ।

एमसिसी सम्झौता आइपिएसकै अंग भएको स्वयम अमेरिकी अधिकारीले स्वीकार गरिसकेको अवस्थामा अमेकिकाविरुद्ध डराउनेहरू प्रजातन्त्रवादी हुन नसक्ने जिकिर गरे ।

‘एमसिसी नेपाललाई तहसनहस पार्ने अमेरिकीहरूको गुलियो षडयन्त्र हो’, उनीहरूको चालमा फस्नु जरुरी छैन । कसैको गुलाम नभएको देशमा एमसिसी लाद्न खोज्नु राष्ट्रयताविपरीत छ । यसलाई अस्वीकार गर्नुपर्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पललाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

२०७८ फाल्गुन १५, आईतवार १६:३४
१५ फागुन, काठमाडौं । जबरजस्ती करणीको अभियोग लागेका अभिनेता पल शाहलाई सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ । आइतबार जिल्ला अदालत तनहुँले शाहलाई हिरासतमा राखेर अनुसन्धान गर्न सात दिनको म्याद दिएको हो । बुधबार शाहविरुद्ध एक नाबालिका गायिकामाथि बलात्कार गरेको उजुरी परेको थियो । त्यसपछि फरार […]