एमसीसी यथास्थितिमा पारित गर्न नसकिने : राजेन्द्र लिङ्देन

उज्यालो रैबार   ।   २०७८ फाल्गुन १५, आईतवार १६:४५

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राजेन्द्र लिङ्दनेलने अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) यथास्थितिमा पारित गर्न नसकिने बताएका छन् ।

आइतबार संसद बैठकमा एमसीसीमाथिको छलफलमा आफ्नो धारणा राख्दै एमसीसीको दफा दफामा छलफल नगरी पारित गर्न नसकिने अध्यक्ष लिङ्देनले बताए । ‘यथास्थितिमा एमसीसी पास गर्नु भनेको देशलाई थप द्वन्द्वमा अघि बढाउनु हो । महाकाली सन्धि गर्दा कस्तो प्रचार गरिएको थियो त्यसको लाभ अहिले भोगिरहेका छौँ । त्यसकारण संसदले गर्ने हरेक काम ठीक हुँदैन । यस्तो कोलाहलमा गरिने निर्णय ठीक हुँदैन । दफा दफा बुझ्ने गरी सबैलाई बझुाउन सक्नुपर्छ । यसलाई होहल्ला, जबर्जस्त र प्राविधिक ढंगबाट टुंग्याइनुहुन्न,’ उनले भने ।

अध्यक्ष लिङदेनले ५ वर्षमा सकिने आयोजनालाई किन अन्तर्राष्ट्रिय मान्यता दिनुपर्ने भन्दै प्रश्न गरेका छन् । उनले यस विषयमा सबै राजनीतिक दललाई चनाखो हुन अपील गरेका छन् ।

उनले भने, ‘नेपालले अनेकै देशहरुबाट आर्थिक सहायता लियो, भविष्यमा पनि लिनुपर्छ । तर, ती आर्थिक सहायताहरु संसद्मा किन अनुमोदन गर्नुपरेन । र, यो सहायतलाई मात्र अनुमोदन गरिँदैछ । ५ वर्षमा सकिने परियोजना किन अन्तर्राष्ट्रिय मान्यता दिन परिरहेको छ भनेर आमजनताको चासो छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमसिसीबारे सत्तारुढ दलले गरेका ११ व्याख्यात्मक बुँदा

२०७८ फाल्गुन १५, आईतवार १६:४५
काठमाडौं । अमेरिकी परियोजना एमसिसीबारे सत्तारुढ दलहरूले ११ वटा व्याख्यात्मक घोषणा गरेका छन् । कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी लगायतका दलहरूले एमसिसी हिन्द–प्रशान्त रणनीतिअन्तर्गतको नभएको दाबी गरेका छन् । एमसिसी कुनै पनि सैन्य रणनीतिको अंग नभएको उनीहरूको भनाइ छ । यस्ता छन् ११ बुँदा : १। कम्प्याक्टको सम्बन्धमा, कम्प्याक्टको पक्ष […]