सुर्खेतः कर्णाली उत्सव “कुडा कर्नालीका” कर्णाली चिन्ने र चिनाउने उद्देश्यले सरुवात गरिएको कर्णाली उत्सवको तेस्रो संस्करण आइतरबार सम्पन्न भएको छ । विचारका बहसहरुवाट कर्णालीको मुहार फर्ने र कर्णाली प्रतिको हेर्न नकरात्मक दृष्टिकोणलाई अन्त्य गर्न यो कार्यक्रम चलाइएको आयोजकले बताउदै आएको छ ।
तर गएको दुई वर्षको संस्करण भन्दा यस पटकको संकरण उद्देश्य भन्दा अलि वाहिर गएको सजिलै अनुमान गर्न सकिन्छ । यस पटक कर्णाली उत्सवको नाम नै परिर्वतन गरेर राष्ट्रिय वाणिज्य बैंक कर्णाली उत्सव राखिएको थियो । उत्सवमा लाग्थ्यो कि यहाँ कर्णालीका वारेमा भन्दा पनि बैंकका बारेमा कुडा गर्न आएको जस्तो जताततै वैंकका पोष्टर, मात्र देखिन्थ्यो । कर्णाली उत्सवको पोष्टर सँग फोटो खिच्न मन लागेको बेला वुलवुले उद्यानको मेन प्रवेस द्धारमा जानु पर्ने अवस्था थियो ।
उत्सवको दोस्रो दिनमा कार्यक्रममा सहभागी हुन लाग्नु भएको एक जना बुवाले मलाई सोध्नु भयो “बाबु यो बुलबुले तालमा भएको बैंकको कार्यक्रममा खाता खोली दिन्छन् की नाई ?” उत्तरमा मैले भने “बुवा यो बैंकको कार्यक्रम होइन यो त कर्णालीका वारेमा ठुला ठुला मान्ठ आएर कुरा गर्ने र कर्णाली लाई चिनाउने उत्सव हो । ” उनी उहाको जवाफ थियो “ए.. जम्मै बैंकका फोटा मात्रै राख्याछुन क्या कर्णालीका कुरा गरी नालो पाडनान् क्या” त्यस पछि म सँग बोल्ने कुनै सब्दनै थिएन ।
हो कर्णाली चिनाउने भने पछि कम्तिमा आयोजकले कर्णालीका प्रमुख पर्यटकीय क्षेत्र, संकृती, बहुमुल्य जडि बुटीको फोटा विवरण राख्नु पर्थ्यो तर उत्सवमा त्यस्तो कुनै पोष्टर देखिएन जुन कर्णालीको पहिचान होस् । आयोजकको ध्यान कर्णाली चिनाउने भन्दा पनि बैंक चिनाउने तिर धेरै केन्द्रित भएको जस्तो लाग्यो आयोजकले यती सम्म पनि भन्न भ्याकी पत्रकार सम्मेलनमै पत्रकारले समचार लेख्दा राष्ट्रिय वाणिज्य बैंक लेख्न नछुटाउनु है ।
कुनै पनि कार्यक्रम, मेला, उत्सव संचालन गर्दा आर्थिक भार कम गर्न प्रायोजक, विज्ञापन अवश्य चाहिन्छ । कर्णाली उत्सवको हकमा ठुला ठुला बैंक, कम्पनी, व्यवसायले प्रयोजन गर्नु सकरात्मक पक्ष हो । तर आफ्नो पहिचान, उद्देश्य नै भुल्ने गरेर विज्ञापन गनु सकरात्मक पक्ष भने होइन । आउने सिजनमा आयोजकले यस्ता कुराको ध्यान दिन आवश्यक छ ।