खड्काको प्यानल लाई मतदान गर्न सुर्खेत काँग्रेसको आह्वान

उज्यालो रैबार   ।   २०७९ बैशाख २, शुक्रबार ०६:५९

सुर्खेत। नयाँ कार्यसमिति चयनका लागि वैशाख ४ गते हुने सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा गठबन्धनमा रहेको बृहत लोकतान्तिक साझा व्यावसायिक समूहलाई मतदान गर्न नेपाली काँग्रेस सुर्खेतले आग्रह गरेको छ।


हालका वरिष्ठ उपाध्यक्ष हर्षविक्रम खड्काले नेतृत्व गरेको ‘बृहत लोकतान्त्रिक साझा व्यवसायी समूह’का उम्मेदवारहरुलाई मतदान गर्न नेपाली का“ग्रेस जिल्ला कार्य समिति सुर्खेतले आह्वान गरेको हो।
‘सुर्खेत उद्योग वाणिज्य संघको निर्वाचनमा लोकप्रिय तथा स्थापित व्यवसायी हर्षविक्रम खड्का अध्यक्ष पदको उम्मेदवार रहेको प्रतिगमनविरुद्ध बनेको पा“च दलीय गठबन्धनमा आवद्ध व्यवसायीहरुको समूह चुनावी प्रतिस्पर्धामा छ, उक्त समूहलाई विजयी गराउनु नेपाली कांग्रेसले आफ्नो दायित्व ठानेको छ,’ बिहिवार जारी आह्वान पत्रमा भनिएको छ, ‘त्यसर्थ नेपाली कांग्रेसमा आवद्ध र सम्पूर्ण व्यवसायीहरुलाई आफ्नो अमूल्य मत दिनको लागि हार्दिक आह्वान गर्दछौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

औषधि व्यवसायी संघ सुर्खेतले खड्काको समूहलाई मत दिने

२०७९ बैशाख २, शुक्रबार ०६:५९
सुर्खेत। नेपाल औषधि व्यवसायी संघ सुर्खेतले सुर्खेत उद्योग वाणिज्य संघको अध्यक्षका उम्मेदवार हर्षविक्रम खड्काको समूहलाई समर्थन गरेको छ। विहिवार उम्मेदवारहरुलाई भेटेर खड्का नेतृत्वको बृहत लोकतान्त्रिक साझा व्यवसायिक गठबन्धनलाई समर्थन गरिएको औषधि व्यवसायी संघ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले बताए। व्यवसायीहरुको लागि गरिएको प्रतिबद्धताका आधारमा आफूहरुले खड्का नेतृत्वको समूहलाई समर्थन गरेको अध्यक्ष […]