ललितपुरको अक्सिजन प्लान्टमा भएको विष्फोटमा थप एकको मृत्यु

उज्यालो रैबार   ।   २०७९ बैशाख ८, बिहीबार १७:४६

ललितपुरको पाटनस्थित औद्योगिक क्षेत्रभित्र रहेको अक्सिजन प्लान्टमा भएको विष्फोटमा घाइते भएका थप एकको मृत्यु भएको छ।

घाइते मध्य भारतका २५ वर्षीय राजकुमार महतोको उपचारको क्रममा मृत्यु भएको ललितपुर प्रहरीले जनाएको छ। बिहीबार बिहान करिब १० बजे सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट भएको थियो।

उक्त विष्फोट हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको थियो भने ७ जना घाइते भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय चुनावका लागि आजदेखि उम्मेदवारी दर्ता

२०७९ बैशाख ८, बिहीबार १७:४६
यही वैशाख ३० मा हुने स्थानीय चुनावका लागि निर्वाचन आयोगले  आज र भोलि उम्मेदवारको मनोनयन दर्ता गर्ने भएको छ। आज बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म र भोलि पनि बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी दर्ता गर्न सकिनेछ।   यसपालि चुनावमा […]