हप्तामा २ दिन बिदा दिने सरकारकाे निर्णय

उज्यालो रैबार   ।   २०७९ बैशाख १४, बुधबार २०:१२

काठमाडौँ । सरकारले हप्तामा २ दिन बिदा दिने निर्णय गरेको छ । मङ्गलवार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ देखि लागू हुने गरी शनिवार र आइतबार गरी २ दिन बिदा दिने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले हप्तामा २ दिन विदा दिने निर्णय भएको बताए ।

“हाललाई परीक्षणको रूपमा २०७९ जेठ १ देखि लागु हुनेगरी बिहान ९ः३० देखि साँझ ५ः३० सम्म कार्यालय समय कायम गर्ने, शनिबार र आइतबार सातामा २ दिन सार्वजनिक बिदा दिने,” निर्णयमा भनिएको छ ।

सातामा एक दिन बिदा थप्दा इन्धनमा हुने करोडौँ रुपैयाँ घाटा कम हुनुका साथै महँगीमा इन्धन आयातसमेत घट्ने भन्दै आयल निगमले आइतबार पनि बिदा दिने प्रस्ताव गरेको थियो । सोही प्रस्तावमाथि छलफल गरी मन्त्रिपरिषद्ले यस्तो निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तह निर्वाचन अन्तिम नामावली आज प्रकाशन हुदै

२०७९ बैशाख १४, बुधबार २०:१२
वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरेकाहरुको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ । त्यसअघि उम्मेदवारी फिर्ता लिन चाहनेहरूले आज साँझ ५ बजेसम्म फिर्ता लिन सक्ने निर्वाचन आयोगले बताएको छ। आयोगका अनुसार वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेकाहरूले केही कारणले उम्मेदवारी फिर्ता लिन […]