स्थानीय तह निर्वाचन अन्तिम नामावली आज प्रकाशन हुदै

उज्यालो रैबार   ।   २०७९ बैशाख १६, शुक्रबार ०९:१६

वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयन गरेकाहरुको अन्तिम नामावली आज प्रकाशन हुने भएको छ ।

त्यसअघि उम्मेदवारी फिर्ता लिन चाहनेहरूले आज साँझ ५ बजेसम्म फिर्ता लिन सक्ने निर्वाचन आयोगले बताएको छ। आयोगका अनुसार वैशाख ११ र १२ मा उम्मेदवारी दर्ता गरेकाहरूले केही कारणले उम्मेदवारी फिर्ता लिन चाहे मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृत कार्यालय पुगेर उम्मेदवारी फिर्ता लिन सक्नेछन्।

आयोगले आजै उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ। अन्तिम नामावली प्रकाशन गरेसँगै आयोगले शनिवार चिन्ह प्रदान गर्ने भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

को हुन, कनका सुन्दरी गाउँपालीकाकी उपाध्यक्ष उम्मेदवारी खत्री

२०७९ बैशाख १६, शुक्रबार ०९:१६
सुर्खेत । कनका सुन्दरी गाउँपालीका उपाध्यक्षमा नेकपा माओवादि केन्दबाट रिता खत्रीले उम्मेदवारी दिएकी छन् । आसान्न वैसाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि खत्रीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् । लामो समय सम्म स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभव भएकी खत्री राजनीतीक परीवार भित्रै हुर्केकी हुदा राजनीतक यात्रालाई पनि सँगसँगै […]