को हुन, कनका सुन्दरी गाउँपालीकाकी उपाध्यक्ष उम्मेदवारी खत्री

एकल महिला, दलित, विपन्न परिवार, अपाङग नागरीकहरुलाई आत्मनिभर हुन विभिन्न किसिमका सिपमुलक तालीम निशुल्क रुपमा संचालन गरी पालीका स्तर वाटै स्वरोजगार बनाउने

गुड्डु प्रसाद न्यौपाने   ।   २०७९ बैशाख १६, शुक्रबार १०:०७

सुर्खेत । कनका सुन्दरी गाउँपालीका उपाध्यक्षमा नेकपा माओवादि केन्दबाट रिता खत्रीले उम्मेदवारी दिएकी छन् । आसान्न वैसाख ३० गने हुने स्थानीय तहको निर्वाचनका लागि खत्रीले उपाध्यक्ष पदमा उम्मेदवारी दिएकी हुन् ।


लामो समय सम्म स्वास्थ्य क्षेत्रमा काम गरेको अनुभव भएकी खत्री राजनीतीक परीवार भित्रै हुर्केकी हुदा राजनीतक यात्रालाई पनि सँगसँगै लगेर अगाडि बढेकी थिइन भने २०५६ साल देखि संक्रिय रुपमा माओवादी केन्द्रमा रहि राजनितीक यात्रालाई निरन्तरता दिदै आएकी छन्। विगत देखि पाटीमा सक्रीय रुपमा काम गदै आएकी खत्रीलाई यस पटक भने पाटिले पालिका उपाध्यक्षका लागि उम्मेदवारी उठाएको हो ।
सामाजिक कार्यमा पनि त्यतिकै सक्रीय रुपमा काम गर्दै आएकी खत्रीले विगतमा गाउँ घरका महिलाहरुलाई प्रौढ शिक्षा पढाउने, दुर्गम भेगका महिलाहरु विरामी, सुत्केरी हुदा निशुल्क रुपमा उपचार समेत गदै आएकी थिइन ।
खत्रीले उपाध्यक्षमा उम्मेदवारी दिनको प्रमुख कारण नै गाउँ घरका महिला, बालवालिकाहरु आज सम्म पनि स्वस्थ्य, शिक्षा जस्ता आधारभुत आवस्यकता बाटनै वन्चित हुने गरेको हुदा आफ्नो मुख्य एजेण्डा नै महिला र वालवालीकाको जिवन स्तर माथि उकास्ने र गुणस्तर शिक्षामा हरेक नागरीकको पहुच पुर्याने रहेको बताउन्छिन् । त्यस्तै एकल महिला, दलित, विपन्न परिवार, अपाङग नागरीकहरुलाई आत्मनिभर हुन विभिन्न किसिमका सिपमुलक तालीम निशुल्क रुपमा संचालन गरी पालीका स्तर वाटै स्वरोजगार बनाउने उद्देश्य रहेको बताउन्छिन् ।
त्यस्तै युवाहरुलाई रोजगारका लागि भारत लगाएत तेस्रो मुलुक जान वाट रोक्न व्यवसायीक कृर्षि तालिम लगाएत उनिहरुको क्षमता अनुसारको काम दिइ गाउँघरमै स्वारोजगार वनाउने लगाएतका मुख्य एजेण्डा रहेको बताउन्छिन् । त्यस लगाएत खेल क्षेत्र, भौतिक पुवाधार, संस्कृती, भेषभुषा, प्रर्यटन, खानेपानी, विद्युत, संचार क्षेत्रहरुलाई वढि प्राथमिकतामा राखी पालिकाको विकास गर्ने योजना रहेको बताएकी छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा काँग्रेस र माओवादीविच गठबन्धन, समाजवादी एक्लै लड्ने

२०७९ बैशाख १६, शुक्रबार १०:०७
सुर्खेत । केन्द्रिय गठबन्धनको विरासत भने सुर्खेतका राजनीतिक दलहरुले जोगाउन सकेनन् । सुर्खेतका नौ वटै स्थानीय तहमा गठबन्धनमा आवद्ध दल नेकपा एकृकीत समाजवादीलाई छाडेर नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएपछि गठबन्धनको विरासत भत्किएको हो । लामो सयमदेखि भागबन्डा मिल्न नसेकपछि सुर्खेतमा शुक्रबार कांग्रेस र माओवादी केन्द्रबीच पालिकाहरुमा […]