भेरीगंगामा एमालेले भत्कायो कांग्रेसको गढ, प्रमुखमा ढकाल विजयी

उज्यालो रैबार   ।   २०७९ जेष्ठ ५, बिहीबार १२:३७

सुर्खेत । भेरीगंगा नगरपालिकामा कांग्रेसको गढ भत्काउँदै नेकपा एमालेका उम्मेद्वार विजयी भएका छन् । कर्णाली प्रदेश राजधानी वीरेन्द्रनगर प्रवेशद्वाराको नगरपालिका भेरीगंगाको प्रमुखमा एमालेका यज्ञप्रसाद ढकाल विजयी भएका हुन् । ढकालले १००१२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रामप्रसाद सिंहले ९७९७ मत ल्याएर परजाित भएका छन् ।

भेरीगंगामा नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसविच चुनावी गठबन्धन भएको पालिका हो । उपप्रमुखमा पनि एमालेका धनसरा बोहोरा विजयी भएकी छन् । बोहोराले ९६१४ मत ल्याएर विजयीहुँदा गठबन्धनबाट उम्मेद्वार बनेका नेकपा माओवादी केन्दका नन्दबहादुर कार्की ८९१३ मत ल्याएर पराजित भएका छन् ।


१३ वडा रहेको भेरीगंगाको आठ वडामा नेपाली काँग्रेस, तीन वडामा नेकपा एमाले र दुई वडामा नेकपा ‍‌माओवादी केन्द्र विजयी भएका छ । वडा नम्बर १ को वडाध्यक्षमा नेपाली काँग्रेसका दिनेश पुलामी मगर ९३३३०, ३ मा जीतबहादुर सुनार ९६०८०, ६ मा लालसिं बुढाक्षेत्री ९५२४०, ७ मा कर्णबहादुर मिजार ९५२२०, ८ मा पुसे कामी ९९२४०, ९ मा प्रेमबहादुर बुढा ९८५७०, १० मा वीरबहादुर बस्नेत ९१०२७० र १२ मा रामबहादुर डाँगी ९९७५० विजयी भएका छन् ।

यस्तै नेकपा एमालेबाट वडा नम्बर ४ को वडाध्यक्षमा गंगाबहादुर खत्री ९९५१०, ५ मा प्रेमबहादुर सारु ९५२४० र ११ मा जयबहादुर नेपाली ९१११६० विजयी भएका छन् । माओवादीले भने वडा नम्बर २ को वडाध्यक्षमा चिरन्जीवी बुढा ९५०७० र १३ मा गणेशबहादुर भण्डारी ९१००६० मत ल्याएर विजयी भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वीरेन्द्रनगर नगरपालिकाको मेयर उपमेयरमा एमाले विजयी

२०७९ जेष्ठ ५, बिहीबार १२:३७
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा मोहनमाया ढकाल विजयी भएकी छन् ।  स्थानीय तह निर्वाचनको जारी अन्तिम मतगणना अनुसार नेकपा ९एमाले० की ढकालले कांग्रेसका मेयर पदका उम्मेदवार उपेन्द्रबहादु खड्कालाई पराजित गरेकी हुन् । ढकालले १६०३८ मत प्राप्त गरी विजयी हुँदा उनका निटतम् प्रतिद्वन्द्वी खड्काले १५४८४ मत प्राप्त […]