कर्णाली राजमार्गमा बस दुर्घटना, चार जनाको मृत्यु

उज्यालो रैबार   ।   २०७९ जेष्ठ ११, बुधबार २१:३९

कालिकोट्बाट नेपालगञ्ज जाँदै गरेको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखमा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। दैलेखको आठबीस नगरपालिका–२ स्थित सिस्नेबाट बुधबार बेलुका साढे आठ बजेतिर म१ख ६६० नम्वरको बस कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख डिएसपी भूवनेश्वर तिवारीले जानकारी दिए।

‘बस सडकबाट कर्णाली नदीमा खसेको छ, मृतक र घाइतेहरुको उद्धार गरिरहेका छौं,’ उनले भने, ‘थप विवरण आउन बाँकी छ।’ उनले बसमा कति जना सवार थिए भन्ने बारेमा पनि नखुलेको बताए। नागरीक दैनिक बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

गजेन्द्र महतले संसदमै बुझाए ताला चाबी

२०७९ जेष्ठ ११, बुधबार २१:३९
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाएका छन्। प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र अर्काको कुरा नसुन्ने प्रवृत्ति देखिएको भन्दै विरोधस्वरुप प्रतिकात्मक रुपमा सभामुखलाई ताला चाबी बुझाएको उनले बताए। तीन घण्टासम्म आफ्नो कुरा सुनाउनेले अर्काले बोल्ने बेला […]